भक्तपुर, २६ पुस । चाँगुनारायणम नगरपालिका–७ वागेश्वरीमा ६३ रोपनी क्षेत्रफलमा भक्तपुरकै पहिलो औद्योगिक ग्राम निर्माण हुने भएको छ । वागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्रालयले वागेश्वरीमा साँस्कृतिक औद्योगिक ग्राम निर्माण गर्ने भएको हो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विकासमा पछाडि परेको चाँगुनारायण नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्न वडा नं. ५ र ७ को सिमानामा रहेको गुरुङ्गटारमा ६३ रोपनी जग्गा उपलध गराउने निर्णय एकवर्ष अगाडिनै गरेर प्रदेश सरकारमा पेश गरेकोमा अहिले स्वीकृत भएको बताउनुभयो ।
साँस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न वडा कार्यालयहुदै नगरपालिका, भूमि सुधार, मालपोत, जिल्ला प्रशासन कार्यालयलगायतका उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय लगायतसरोकारवाला सबै निकायमा छलफल र सहमति गरि प्रक्रिया पुरा गरेर प्रदेश सरकारमा प्रस्ताब पेश गरेकोमा प्रदेश सरकारले स्वीकृत गरेसंंगै अब औद्योगिकग्राम निर्माणको प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो ।
साँस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न नगरपालिकाले जनग्गा उपलब्ध गराउने निर्णय गरेर पठाएको प्रस्ताबलाई स्वीकृत गर्दै त्यसका लागि आवश्यक अध्ययन एवंं डिपिआर निर्माणको कार्य सुरु भएको वागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिनुभयो ।
नगर प्रमुख खत्रीका अनुसार त्यस क्षेत्रमा साँस्कृतिक औलागिक ग्राम निर्माणसंगै स्थानीयस्तर एवं भक्तपुर जिल्लामा उत्पादन हुने घरेलु सीपलाई प्राथमिकतामा राखेर उत्पादन गरिने योजना रहेको बताउनु भयो ।
उहाँले अनुसार स्थाीयस्तरमा उत्पादन हुने लत्ता, कपडा, बाँका, काठका निगालोका सामानहरुकमो उत्पादन, फर्निचर, डोको, डालो, नाङ्लो, परालको चकटी, गुन्द्री, सुकुल, मुठा, स्थानीय लप्सीको उत्पादन, अचार उत्पादन, खाद्य उत्पादन जस्ता कार्यका लागि उद्योगी व्यवसायीलाई ठाउा निर्माण गरेर उपलबध गराउदै बजार व्यबस्थापन समेत गरिने बताउनु भयो ।
त्यसका लागि साना उद्योगहरु सञ्चालन गरि बिभिन्न सामग्रीको एत्पादन गर्ने र ठाउँ अपुग भए थप जग्गाको व्यबस्थापन गर्दै एकीकृत रुपमा औद्योगिक ग्राम निर्माण गरि यहाँका युवा पुस्तालाई रोजगारीको व्यबस्था गरिने उहाँले जानकारी दिनुभयो ।