हामीसँग जोडिनुहोस

राष्ट्रव्यापी भारोत्तोलन प्रतियोगितामा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान 

2 मिनेट
भक्तपुर, २६ पुस : जुनुमाया छन्त्याल र विद्या राईले २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
भक्तपुरको मध्यपुरथिमिमा नेपाल भारोत्तोलन संघले २४ गतेबाट सुरु गरेको तीनदिने राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आज सम्पन्न खेलमा नेपाल प्रहरीका दुवै खेलाडीले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानलाई सुधार गर्दै कीर्तिमान कायम गरेका हुन् ।
प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार गर्नुभयो भने जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजीसहित स्न्याचमा ७३ केजी गरी जम्मा १६६ केजी भार वहन गर्दै स्वर्ण हात पार्नुभयो ।
सिनियर महिलाको ८७ केजीमाथि विद्याले क्लिन एन्ड जर्कमा कीर्तिमान रच्ने क्रममा ९२ केजी वजन उठाउनु भयो भने उहाँकै नाममा ९१ केजीको कीर्तिमानलाई सुधार्दै नयाा कीर्तिमान कायम गर्न सफल हुनुभयो ।
क्लिन जर्कमा ९२ केजीसहित स्न्याचमा ६५ केजी गरी कुल १५७ केजी तौल उठाउदै विद्याले स्वर्ण हात पार्नुभयो । प्रतियोगिताको पहिलो दिन मंगलबार कृष्णकला विष्ट र दिलिप यादवले राष्ट्रिय कीर्तिमान बनाउनु भएको थियो । दुवै कीर्तिमानधारी पनि प्रहरीकै हुन् ।
प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि प्रहरीकी जयन्ती श्रेष्ठ, ७६ केजीमा प्रहरीकी पूजा कुमाल र ८१ केजीमुनि प्रहरीकै तारादेवी पुन पहिलो हुनुभयो । युथको महिला ७१ केजीमा ललितपुरकी खुशी चौधरी तथा ८१ केजीमुनि कास्कीकी सिन्जल गुरुङले पहिलो स्थान हात पारे ।
सिनियर पुरुषको १०२ केजीमा सन्देश गुरुङ, १०९ केजीमुनि विशालसिंह विष्ट र १०९ केजीमाथि राजीव महर्जनले शीर्ष स्थान हात पार्नुभयो । स्वर्ण विजेतात्रय प्रहरीका हुन् । जुनियर पुरुषको १०२ केजीमा एपीएफका सञ्जय यादव तथा १०९ केजीमुनि एपीएफकै रोजन तुलाधर प्रथम हुनुभयो ।
प्रतियोगिताको पुरुषमा प्रहरीका प्रकाश केसी तथा महिलामा कीर्तिमानधारी कृष्णकला उत्कृष्ट खेलाडी घोषित हुनुभयो । संघले आज साँझ आयोजना गरेको समापन एवं पुरस्कार बितरण समारोहमा विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कृत प्रदान गर्नुभयो ।
तीनदिने प्रतियोगितामा १ सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले बताउनुभयो । पुरुष÷र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा भएको बताउदै उहाँले प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित २७० गरी कुल ५४० पदकका लागि प्रतिस्पर्धा भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।