भक्तपुर, २७ पुस । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनारस्थित ‘मिनी कोशी टप्पु’ क्षेत्रमा आज बिहान ६ः३० बजेदेखि स्थानीय र पाहुना चराको गणना सुरु भएको छ ।
वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाईन्ट मल, हिमालयन नेचुरललगायत बिभिन्न पंक्षीसंग सम्बन्धित संघसंस्थाहरुको समन्वयमा भएको पंक्षी गणनामा मिनी कोशी टप्पु मनोहरा भक्तपुर क्षेत्र र मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा बिभिन्न देशबाट आएका चराहरुको गणना गरिने वन्यजन्तु एवं चराकाबारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आएका थिमिका सञ्जय था श्रेष्ठले बताउनुभयो ।
यसअघि १०६ प्रजातिका चरा भेटिएको यस क्षेत्रमा गत फागुनमा भएको गणनामा भने काठमाण्डौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन (पाईड ह्वीटर) प्रजातिका चरा सहित ८६ प्रजातिका चरा भेटिएर अभिलेखिकरण गरिएको थियो ।
बढ्दो शहरीकरण र प्रदुषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाईने गरिएका चराहरू देखिन छाडेका बताउदै श्रेष्ठले यसवर्ष आज सुरु भएको चरा गणनाले स्थानीय रैथानै र पाहुना चरा गरि कति प्रजातिको भेटिन्छन् ती चराहरुको अभिलेखिकरण गरिने जानकारी दिनुभयो ।
यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने चराहरु पनि भे्टिदै आएका छन् । गतमंसीरमा पनि यही ठाउँमा दूर्लभ पाहुना चरा स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) भेटिएर अभिलेखिकरण गरिएकोृ थियो ।
वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाईन्ट मल, हिमालयन नेचुरल, नेपाल पंक्षीविद् संघ, लेट्स वर्क फर विल्डलायफ, नेपाल पंक्षी संरक्षण संघ, कोशी टप्पु टप्पु वर्ड वाचिङ क्पाम्प प्रा.ली. सुनसरी र पोखरा पंक्षी समाजको समन्वयमा यही जनवरी २ देखि १८ सम्म नेपालका बिभिन्न क्षेत्रमा पंक्षी गणना गर्ने क्रममा आज भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा चरा गणना सुरु गरिएको हो ।