हामीसँग जोडिनुहोस

१२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, नगरप्रमुख वासुदेव थापाद्धारा उद्घाटन

3 मिनेट
भक्तपुर, २७ पुस । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजबाट भक्तपुरमा जिल्लाव्यापी १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद बिकास समिति भक्तपुरले आज सूर्यविनायकस्थित खेल मैदानमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले खेलकुदबाटै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिने बताउनु भयो ।
विद्यालयस्तरबाटै खेलकुदको बिकास हुनु राज्यकै लागि उपलब्धी भएको भन्दै उहाँले यस प्रकारको प्रतियोगिताले खेल जगतमा होनाहार खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । स्थानीय सरकारले खेलकुदको बिकासमा बजेटको व्यबस्था गर्नुपर्नेमा जोड दिदै उहाँले सूर्यविनायक नगरपालिकाले खेलकुदको बिकासका लागि बजेटको व्यबस्थापन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले नेपालमा पछिल्लो समय खेलकुदको बिकासले फड्को मारेको बताउदै भक्तपुरमा हुने खेलकुदका गतिबिधिले यस जिल्लाको छुट्टै पहिचान बनाएको बताउनुभयो ।
त्यसअवसरमा जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य एवं नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले राज्यले खेलकुदबाट खेलाडीलाई बाँच्नसक्ने आधार बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा पनि राष्ट्रि«य तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जन्मिरहेको बताउदै
उहाँले भक्तपुर जिल्ला खलकुद संघले भक्तपुरको खेलकुदलाई पछिल्लो समय क्रियासिल बनाउदै आएको चर्चा गर्नुभयो ।
प्याब्सन मध्यपुरथिमि नगर अध्यक्ष निलेश आचार्यले विद्यार्थीलाई विद्यालय तहबशाटै खेल जीवनमा प्रवेश गराउदै आएको बताउदै खेलकुदको बिकासका लागि राज्यले खेलाडीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला खेलकुद विबकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले चारवटै नगरपालिकामा यसवर्ष सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरि समयमै जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न सफल भएको बताउनुभयो । उहाँले भक्तपुर जिल्लाको खेलकुदको बिकाससंगै खेल मैदान, आफ्नै भवनका लागि संघले सफलतापूर्वक कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले जिल्लाका चारवटा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका बिजेता र उपविजेता टोली तथा छनौट चरण पार गरेर आएका उत्कृष्ट खेलाडीको प्रतियोगितामा प्रतिस्पर्धी रहेको बताउनुभयो ।
उहाँले भलिबल सूर्यविनायक युवा क्लबको खेल मैदानमा, कबड्ड भक्तपुर नगरपालिकास्थित लिवाली कबर्ड हलमा, उसु र कराते देकोचास्थित कबर्ड हलमा, तेक्वाण्डो जिल्ला तेक्वाण्डो संघको कबर्ड हलमा र एथलेस्टिक नलिन्चोकस्थित संकटा हदमा भइरहेको बताउनुभयोे ।
कूल ६ वटा खेलमा ७५२ जना खेलाडी प्रतिस्पर्धामा रहेको उहाँले बताउनुभयो । यहीँ २९ गते हुने समापन कार्यक्रममा विजेतालाई रनिङ शिल्ड तथा अन्य उपविजेता, प्रथम, द्धितिय तथा तृतिय र उत्कृष्ट खेलाडीलाई ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।
आज भएको भलिबल खेलमा जनप्रमी वल्र्ड स्कुलले श्रीपद्य माध्यपमिक विद्यालयलाई, अरनिको माध्यमिक विद्यालयले बिरेन्द्र सैनिक माध्यमिक विद्यालयलाई, गणेश माध्यमिक विद्यालयले श्रीकृष्ण माध्यमिक विद्यालयलाई र चाँगु माध्यमिक विद्यालयले ओम सेकेण्डरी स्कुललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको संघका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।