हामीसँग जोडिनुहोस

युद्धप्रसाद मिश्र ११७ औं जन्मजयन्ती, जब गुञ्जियो ‘रक्तक्रान्तिको ज्वालामुखीमा’

3 मिनेट
-रमेश गिरी
भक्तपुर, २७ पुस ।
“रक्तक्रान्तिको ज्वालामुखीमा
आज उठेको यो बलिदान
श्री नढलेका युवा–युवतीको
हृदय–हृदयको यो स्वाभिमान
सानो एक झिल्कोबाट
बढ्दै जान्छौं लाखौं जवान
न्याय बचाउन देश उचाल्छौं
गर्दै जान्छौं अर्पण प्राण”
नेपालको प्रथम गणतन्त्रवादी कवि यद्धप्रसाद मिश्रको ११७ औँ जन्मजयन्ती मनाउने क्रममा आज उहाँकै जन्मथलो सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित सोमलिङ्गेश्वरमा यो गीत गुञ्जिदा गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलनका झल्कोलाई स्मरण गरायो ।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा युद्धप्रसाद मिश्रद्धारा रचित तथां रामेशद्धारा संगीत एवं स्वरबद्ध यो गीतलाई आजको कार्यक्रममा गायक माधव प्रधान र जितेन्द्र चौधरीले गाउँदा कार्यक्रममा सहभागि साहित्यकार एवं लेखकहरु मिश्रका क्रान्तिकारी साहित्यको स्मरण गरेका थिए ।
मिश्रको कविता वाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ लेखक, भाषा, साहित्य अनुसन्धानकर्ता प्रा.डा. जीवेन्द्रदेव गिरीले जनताको लागि राणा शासनमै गणतन्त्र स्थापनाका लागि कलम चलाएर क्रान्तिको सृजना गर्ने मिश्रको योगदालाई बिर्सन नसकिने बताउनु भयो ।
मिश्रको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दैै उहाँले राणा शासनदेखि पंचायती शासन बिरुद्ध कलम चलाएर जनतालाई आनदोेलित गर्ने, जनताको मुक्तिका लागि कलम मार्फत आवाज बुलुन्द गर्ने योद्धाका रुपमा मिश्रलाई लिन सकिने चर्चा गर्नुभयो ।
कार्यक्रममा साहित्यकारहरु नातीबाबु बुढाथोकी, गंगादास श्रेष्ठलगायतले जनताको हक र अधिकारका लागि गीत तथा कविता मार्फत आफ्ना सयौ रचनाहरुको सृजना गरेर निरंकुशता बिरुद्ध लड्दै आएको बताउनुभयो ।
कवि युद्धप्रसाद मिश्रको प्रतिमामा माल्र्यापर्ण समेत गरिएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौला, उपाध्यक्ष मदनबहादुर थापा, महासचिव नन्दु उप्रेतीलगायतले अबका नयाँ पिढीले कवित मिश्र र उहाँको योगदानलाई बिर्संन दिनु नहुने बताउनुभयो । उहाँले कविता वाचन गर्दै नेपालमा गणतन्त्र ल्याउन साहित्य मार्फत क्रान्तिको सुरुवात गर्ने पहिलो व्यक्ति कवि युद्धप्रसाद मिश्रको सपना साकार भएको बताउनुभयो ।
कार्यक्रममा साहित्यकारहरु त्रिरत्न शाक्य, लक्ष्मी थापा, रामशरण न्यौपाने,  जनार्दन न्यौपाने, मुकुन्द पोखरेल, अभिकिशोर ओली, लेखप्रसाद निरौला, तिला लेकालीलगायतले कवि मिश्रद्धारा रचना गरिएका र लेखक आफैले लेखेका कविताहरु वाचन गर्नु भएको थियो । त्यसअवसरमा साङ्गीतिक प्रस्तुति राख्दैः वरिष्ठ सङ्गीतकार एवम् गायक प्राज्ञ माधव प्रधान र अन्य गायकहरुले मिश्रद्वारा रचित कालजयी गीतहरु गाउँनु भएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी, वरिष्ठ कवि मञ्जुल, समालोचक प्रा.डा. पशुपतिनाथ तिमल्सेना, युद्धप्रसाद मिश्र प्रतिष्ठानका प्रथम संयोजक त्रिरत्न शाक्य, जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, बुढानिलकण्ठ नगरपालिका उपमेयर कवि अनिता लामा, गायक माधव प्रधान, कवि वासुदेव अधिकारी, गायक, संगीतकार अशोक राई, कवि लक्ष्मी माली, प्रगतिशील लेखक संघका उपाध्यक्ष नमुना शर्मा, महासचिव डा. देवी दुलाल छेत्री, कवि सुशिला प्रधानाङ्ग, सूर्यविनायक नपा – १ का वडा अध्यक्ष सानुकाजी कायस्थ, वरिष्ठ मनोरोग विशेषज्ञ कवि अनन्त अधिकारी , कवि स्नेह सायमी, कवि लक्ष्मी माली, कवि राधा दुलाल कार्की, कवि खेमराज निरौला, कवि सीता शर्मा, डा. पद्मा अर्याल, कवि डम्बर पहाडी, कवि विन्दु ढकाल, चण्डीका मिश्र, कवि लक्ष्मी थापा, कवि रामशरण न्यौपाने,  कवि जनार्दन न्यौपाने, कवि मुकुन्द पोखरेल, गायक जितेन्द्र चौधरी, कवि तारा गाउँले, दीपक श्रेष्ठ, कुमार रञ्जित, कमला कोइराला खनाल, सिस्नोपानी नेपालका देवी घिमिरे, प्राध्यापक कुलराज निरौला, कवि प्रशान्त खरेल, नियात्राकार पोषरमण चापागाईं, देवी मैनाली लगायत बाक्लो स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा गायक माधव प्रधान र जितेन्द्र चौधरीले युद्धप्रसाद मिश्रद्वारा रचित चर्चित गीत “रक्तक्रान्तिको ज्वालामुखीमा” प्रस्तुत गर्नुभएको थियो भने त्रिरत्न शाक्य, लक्ष्मी थापा, रामशरण न्यौपाने, जनार्दन न्यौपाने, मुकुन्द पोखरेल, लेखप्रसाद निरौला, अविकेशर वली, तिला लेकाली र डम्बर पहाडीले आफ्ना तथा कवि मिश्रका कविता वाचन गरेका थिए भने कक्षा एककी विद्यार्थी दीप्तिना आचार्यले राष्ट्रगान प्रस्तुत गरेकी थिन् । कार्यक्रममा दुर्गामोहन श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
आफ्ना कविताहरूमा प्रकृति र जनजीवनका विविध पक्षलाई जीवन्तरूपमा प्रकट गर्नु भएका मिश्रले १५ वर्षको उमेरदेखि मृत्यु पर्यन्तसम्म निरन्तर कविता लेखेर व्यबस्था परिवर्तनका लागि जीवन समर्पण गर्नु भएको थियो । बि.सं १९६४ पुस २७ गते भक्तपुरको सिरुटारस्थित सोमलिङटारमा जन्मनु भएका  कवि मिश्रको निधन २०४७ साल फागुन ६ गते भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।