हामीसँग जोडिनुहोस

उद्योग वाणिज्य संघको ५७ वर्षीय ईतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित

1 मिनेट
भक्तपुर, २९ पुस : भक्तपुर उद्योग वाणिज्य संघको ३६ औं साधारण सभा एवं अधिवेशन २०८० ले रोशनी धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन भएको छ ।
संघको आज सम्पन्न अधिवेशनले संघको ५७ वर्षीय ईतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्र शंकर तिमिलाले जानकारी दिनुभयो । यसअघि संघका वरिष्ठ उपाध्यक्ष रहनु भएका धौवञ्जाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कृष्णमुरारी न्यौपाने, उपाध्यक्षमा गणेशहरि प्रजापति, वस्तुगत उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, एशोसियट उपाध्यक्षमा दिनेश गोसाईं, महासचिवमा नविन प्रजापति, सचिवमा सचिन्द्र प्रधानाङ्ग र कोषाध्यक्ष विश्वराम दुवाललाई निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरी सदस्यहरुमा अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, कृतन अवाल, गोकर्ण न्यौपाने, गौतम सुखजु, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानावासु, रुकेश रञ्जित, सुरेन्द्र प्रजापति, श्यामप्रसाद मानन्धर निर्विरोध निर्वाचित भएका छन ।
यस्तै महिला सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की, वस्तुगत सदस्यमा गणेशभक्त हुँमागाईं र एशोसियट सदस्यमा जितेन्द्र खायमली र राजेश त्वानावासु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक तिमिलाले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।