कार्यक्रममा खेलकुदको विकासको बारेमा नेता महेश बस्नेतले यस्तो गर्नु भयो चर्चा :
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् भक्तपुर क्षेत्र नं. २ का पूर्व सांसद महेश बस्नेतले भक्तपुरमा विकासको काम गर्दा आफूमाथि पानीको बोतल र ढुंगा प्रहार भएको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, । पूर्व मन्त्री समेत रहेका उनले आफू भक्तपुर क्षेत्र नं. २ मा संघीय सांसद हुँदा बखत भक्तपुरको हरेक क्षेत्रको विकासका लागि आफू लागि परेको उल्लेख गर्दै विकासको काम गर्दा आफूमाथि विभिन्न किसिमले प्रहार भएको बताउनुभयो ।
उहाँले क्तपुरको सूर्यविनायकको चित्तपोलमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना अघि बढाउने क्रममा स्थलगत अनुगमनमा जाँदा अमूक पार्टीका समर्थक र व्यक्तिहरुबाट मिनरल वाटरको बोतल र ढुंगा प्रहारको प्रयास भएको उल्लेख गर्दै सोही कारण उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय रंगशाला नबनेको बताए । सोही कारण भक्तपुर अहिले विकासमा पछि परेको बताउँदै उनले सो रंगशाला रोक्नेहरु बेइमान र बदमास भएको बताउनुभयो ।
‘नलिन्चोक मुनिको फाँटमा हामीले जग्गा विकास गरेर करिब २ सय रोपनी जग्गा दिऔं र रंगशाला बनाउन सुरु गरेको थिएँ, तर विडम्बना भक्तपुरका कतिपय राजनीतिक दलहरुले त्यसको विरोध गरे । हामी निरीक्षणमा जाँदा हामीलाई मिनरल वाटरको बोतलदेखि ढुंगाले सम्म हान्ने प्रयत्न पनि गरे । त्यो भकारी मूल भन्ने ठाउँमा हामीले स्मार्ट सिटीको प्लानिङ गरेर २ सय रोपनी जग्गामा इन्टरनेशनल लेभलको रंगशाला बनाउने जुन कुरा थियो, त्यसमा कतार गर्भमेन्टले दिने कुरा सहमति भएको थियो , उहाँले भन्नुभयो, त्यो कुरा रोकिएको कारणले आज भक्तपुर जिल्ला धेरै कुरामा पछाडि परेको छ । मेरो विरुद्ध नारा लगाउने, मेरो विरुद्ध मिनरल वाटरको बोतल हान्ने र ढुंगा हान्न आउने ती साथीहरुलाई भक्तपुरका तमाम् खेलप्रेमी साथीहरुले आजिवन प्रश्न गर्नुहुनेछ । महेश बस्नेतजीले खेलकुद क्षेत्रमा पुर्याउनु भएको अभियानलाई अवरोध गरेका कारणले समग्र भक्तपुरवासीको चित्त दुखेको छ । यसमा तपाईंहरुले बेइमानी गर्नुभएको छ । बद्मासी गर्नु भएको छ भन्ने कुरा तपाईंहरुले प्रश्न उठाउनु हुनेछ ।