हामीसँग जोडिनुहोस

सीप र प्रविधि सहित रोजगार हुने शिक्षा ऐन ल्याएर यूवा शक्तिलाई विदेश पलाएन हुनबाट रोक्नु पर्छ : एन प्याब्सन अध्यक्ष खड्का

2 मिनेट

अध्यक्ष खड्काले भन्नुभयो, “अब कम्पनीमा चलेका निजी विद्यालयहरुलाई गुठीमा जान स्वेच्छिक गरिनु पर्छ । उच्च शिक्षामा सीप र प्रविधि सहित रोजगार हुने शिक्षा ऐन ल्याएर यूवा शक्तिलाई विदेश पलाएन हुनबाट रोक्नु पर्छ, सरकारको ध्यान त्यतातिर जाओस् ।”

==================================================

भक्तपुर; । नेसनल प्याव्सन भक्तपुरले देशको वर्तमान शिक्षाको अवस्थाप्रति गम्भिर छलफ,ल गरेको छ । नेसनल प्याव्सन भक्तपुरले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं संसदमा पेश भएको शिक्षा विधेयकको बारेमा गम्भिर छलफल गरेको हो ।

कार्यक्रममा जिल्ला अध्यक्ष संजय खड्काले २६ औँ स्थापना दिवस मनाईरहदा समेत देशको शिक्षाको अवस्थालाई हेर्दा खुशि हुने अवस्था नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “निजी लगानीको विद्यालयलाई हाल गुठीमा लैजानु पर्छ भन्ने बहस चलिरहेको छ, यो अवस्थाले विद्यालय शिक्षामा केहि सुधारोन्मुख भएको बेला यसलाई पनि ध्वस्त पार्ने खेल भइरहेको छ ।”

अध्यक्ष खड्काले सार्वजनिक विद्यालय सुधार गर्दै लैजानु पर्नेमआ जोड दिदै सामुदायिक शिक्षाले समग्र देशको शिक्षालाई निशुल्क र अनिवार्य गराएर गुणस्तरमा वृद्धि गर्दै लैजान सके निजीको आवश्यकतामा कमि स्वत आउने टिप्पणी गर्नुभयो । सरकार र सरोकारवाला पक्षले तत्काल निजी विद्यालय माथि कुनै न कुनै बाहनामा ल्याएर आक्रमण गर्ने बन्द गराउने खालको शिक्षा निती ल्याएमा कक्षा १२ सम्मको आत्मनिर्भर भएको शिक्षामा खस्किने दाबी गर्नुभयो ।

यस्तो अबस्था आएमा गुणस्तर शिक्षाको खोजीमा छिमेकी देशमा हाम्रा बालबालिका पढाउन पठाउने दिन आउन सक्ने उहाँले बताउनुभयो ।
अध्यक्ष खड्काले भन्नुभयो, “अब कम्पनीमा चलेका निजी विद्यालयहरुलाई गुठीमा जान स्वेच्छिक गरिनु पर्छ । उच्च शिक्षामा सीप र प्रविधि सहित रोजगार हुने शिक्षा ऐन ल्याएर यूवा शक्तिलाई विदेश पलाएन हुनबाट रोक्नु पर्छ, सरकारको ध्यान त्यतातिर जाओस् ।”

नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालय संचालकहरुको उपस्थिति रहेको कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय सदस्य एवं जिल्लाका सल्लाहकार जिबि खड्काले हाम्रा विद्यालयहरुलाई थप लगानी गरी सुधार्दै लैजाने र अभिभावकहरुको चाहना बमोजिम युग सुहाउँदो शिक्षा दिनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, जिल्ला बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, उपाध्यक्ष रामप्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रम थापा लगायत जिल्ला पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरु सबैले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा सबैले निजी लगानीमा संचालन भएको विद्यालहरुको सम्पत्तिको सुरक्षा गर्नु पनि सरकारको दायित्व भएको चर्चा गरिएको थियो । हालसम्म निजी स्कुलले गरेको योगदानलाई पनि सरकारले मूल्याकंन गरी आउदो शिक्षा ऐनमा उपर्युक्त स्थान दिनु पर्नेमा सबैले जोड दिनु भएको थियो ।

रोजगार र सुनिश्चित भविष्यको खोजीमा उच्च शिक्षा पढ्ने बाहनामा हजारौं यूवाले देश छोडिरहेको अवस्थामा अबको शिक्षा ऐनले यूवाहरु देशमा नै अवसर पाउने गरि ऐन निर्माण गर्नु पर्नेमा सबैले जोड दिनुभयो । त्यसका लागि निजी स्कुलले खेल्नु पर्ने भूमिकामा सदैव तयार रहने निजी विद्यालय संचालकहरुको भनाई थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।