
भक्तपुर, १० माघ । हातेमालो मानव सेवा समुहले आफ्नो ५४ आँे सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । कालिकोट जिल्ला घर भई हाल टोखा नगरपालिका–६ बस्ने ३८ बर्षिय प्यारालाइसिस बिरामी मोहन शाहीलाई उपचारका लागि ८६ हजार ६३० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
शाहीले विभिन्न अस्पतालमा उपचार गराउँदा आफ्नो सबै सम्पत्ति सकिएर समस्यामा परेको हातेमालो मानव सेवा समूहले जानकारी पाएपछि समूहले आर्थिक सहयोग सँस्थाका अध्यक्ष संञ्जय श्रेष्ठको नेतृत्वमा गएको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो ।
संस्थाका उपाध्यक्ष नारायण बन, कोषाध्यक्ष तिर्थ राज गौतम र अन्य अभियान्ताको उपस्थितिमा संस्थाका सचिव राजेन्द्र सिह धामीले कार्यक्रम संञ्चालन गर्दै आर्थिक सहयोग रकम खाद्यान्न, ग्यास, ह्विल चियर प्रदान गरेको छ । कार्यक्रममा बिरामी शाहीका छोरा छोरीलाई दश कक्षासम्म निःशुल्क पठनपाठन गराउने भएको छ ।