
भक्तपुर, १० माघ : शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले संघीय शिक्षा विधेयक संसदबाट छिट्टै पारित हुने बताउनु भएको छ ।
एसओएस हर्मन माईनर बिद्यालय सनोठिमीमा आज आयोजित स्पोर्ट मिट २०२४ लाई सम्बोधन गर्दै मन्त्री राईले संघीय संसदमा प्रस्ताबित विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा छलफलको क्रममा रहेको बताउनुभयो ।
मन्त्री राईले संसदमा बिचाराधिन नयाँ संघीय शिक्षा विधेयक पारित भएपछि यसले सामुदायिक बिद्यालयको अबस्था उन्नत र माथिल्लो स्तरमा लैजाने बिश्वास ब्यक्त गर्नुभयो । सरकारले नेपालको शिक्षा नीति २०७६ अनुसार शिक्षाको गुणस्तर बृद्धिका लागि सही ढंगले प्रयोग गर्ने अभ्यास गरेको उहाँले बताउनुभयो ।
शिक्षा क्षेत्र स्टण्टबाजी गर्ने क्षेत्र नभएको भन्दै उहाँले मन्त्रालयले दीर्घकालिन परिणाम दिने गरी काम गरिरहेको बताउनुभयो । राजनीतिमा मन्त्री पद दुई दिनको भए पनि शिक्षा क्षेत्रमा रहेका कमीकमजोरी सुधार्न आफू लागि परेको उहाँको भनाई थियो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बिद्यालयका राष्ट्रिय निर्देशक गंगाबहादुर गुरुङ्ग, प्राचार्य रञ्जना बजगार्इं लगायतले बिद्यालयको शैक्षिक गुणस्तर खस्किन दिन नहुने बताउनुभयो ।