
भक्तपुर, २३ माघ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्रकारितालाई दलगत आवरणबाट बाहिर ल्याउनु पर्ने भएको छ । आज भक्तपुरमा रफत सञ्चार क्लबको १४ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले पत्रकारिता र दलगत आवरणका पत्रकारिता एकैसाथ जान नसक्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “पत्रकारिता लोकतन्त्रको पहरेदार बन्नु पर्छ तर कुनै न कुनै दलको भातृ संगठनका रुपमा पत्रकारीता जाने, कुनै नेता वा दलको सदस्यता लिने, नेताहरुसँग सामाप्यिता राख्ने, दल र नेतालाई बचाउन पत्रकारीतामा आफ्नो कमल, माइक्रोफोन र क्यामेरा तीनै नेताको पाउमा समर्पित त गरेका छैनन् ? यस्ता गम्भिर प्रश्न खडा भएका छन्, पत्रकारिताको सेवा र दलगत आवबद्धताबाट कोही पत्रकार मुक्त भएर निष्पक्ष पत्रकारिता गर्छ भने, त्यसलाई सलाम छ । दलीय आबद्धताबाट पत्रकारितालाई मुक्त गर्नैपर्छ ।”
उहाँले दलगत आबरणको पत्रकारितामा ती नेतालाई गरिने प्रश्न निष्पक्ष हुन सक्दैन भन्दै उहाँले आमजनताको मुद्धालाई पत्रकारितामा उठान गर्न नसकेको बताउनुभयो ।
कतिपय पत्रकारिता अमुक सञ्चार मालिकहरुको स्वार्थपूर्ती गर्न केन्द्रीत रहेको भन्दै रास्वपाका अध्यक्ष लामिछानेले सञ्चार उद्यमीहरूको स्वार्थ पूर्ति गर्नका लागि पत्रकारिता जस्तो पवित्र पेसालाई उनीहरूको स्वार्थका लागि चढाइरहेका त छैनौ ? भन्दै प्रश्न गनुृभयो ।
अरुलाई लान्छना लगाउने गरि स्वाद मिठो बनाउने गरि हेडलाइन बनाउने र अरुलाई गाली गर्नेगरि ब्यानर बनाउने पत्रकारिता गलत भएको भन्दै अध्यक्ष लामिछानेले भन्नुभयो, “हिजो पत्रकारिता गर्दा पनि मलाई लान्छना, गाली, आरोप, डर, धम्कीको सामना गर्नु पथ्र्यो, अहिले राजनीतिमा आउादा पनि त्यस्ता समस्या छन नै तरपनि बिचलित भएका छैनौ, जनताको आवाज बोकेर हिडेकाले नै आज देशको चौथो अंगबाट जनताले देशको चौथो शक्तिमा पुर्याएका हुन्, हामी जहिल्य पनि जनताको पक्षमा उभिनेछौँ ।” उहाँले संसदमा रास्वपाले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै गलत कामको खबरदारी गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक एवं सांसद सन्तोष परियारले जनता र जनाधिकार नभएको पार्टी पार्टीनै नहुने भन्दै संसदमा अल्मसंख्यकका रुपमा रहेपनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जब हामी अन्यायमा पर्छौ तब मिडिया खोज्दौ, मिडियाले सत्य बोल्छ, अनुसन्धान गर्छ, कमिकमजोरी भए सच्याउन मिडियाले भूमिका निर्वाह गर्छ, मिडियो निष्पक्ष भएर हिड्नु पर्छ ।”
कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सरकार र नागरिकबीचको सम्बन्ध स्थापित गराउने कार्य मिडियाले गर्दै आएको चर्चा गर्दै अहिले युट्युबदेखि सामाजिक सञ्जालसम्मका समाचारले भ्रमित पार्ने काम गरेकाले आधिकारित सूचना र समाचार कहाबाट पाइन्छ भन्ने चुनौती खडा भएको बताउनुभयो ।
रफत कल्पना स्मृति कोषका संरक्षक प्रेमबहादुर थापाले रफत सञ्चार क्लब जनताको वास्तविक आवाज बनेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति एवं रफत सञ्चार क्वलका अध्यक्ष शुशीलबन्धु थापाले पत्रकारीताले स्थानीयस्तरको समस्या उजागर गरेर पत्रकारीतामा निष्पक्ष भूमिका निर्वाह गरेमात्रै देशको मुहार फेरिने बताउदै त्यहीँ बाटोमा क्लब अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा रफत सञ्चार क्लबले स्थापना गरेको क्रियासिल पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई, सरोकार टिभीका अध्यक्ष एवं नेपाल टेलिभिजनका संवाददाता पत्रकार दिलीप थापामगर र नागरिक दैनिकका संवाददाता कृष्ण किसीलाई प्रदान गरिएको छ ।
त्यस्तै रेडियोलोजिष्ट डा.रबिन खड्कालाई रफत कल्पना स्मृति पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा रास्वपाका अध्यक्ष लामछानेले सम्मानित चारैजनालाई जनही नगद रु. पााच हजारसहित दोसल्ला ओढाएर सम्मान पत्रका साथ पुरस्कार प्रदान गर्नु भएको हो ।