हामीसँग जोडिनुहोस

एक महिनासम्म चल्ने दोस्रो मध्यपुरथिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता सुरु

3 मिनेट
-रमेश गिरी
भक्तपुर, २९ माघ : मध्यपुर युथ एशोसियसनको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा आजबाट दोस्रो मध्यपुरथिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता सुरु भएको छ । आउँदो फागुन २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको आज सानोठिमीस्थित एशोसियसनको खेल मैदानमा संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नुभयो ।
मध्यपुरथिमिलाई भक्तपुरकै उत्कृष्ठ खेलाडी जन्माउने नगरपालिकाको पहिचानका रुपमा चिनाउने बताउनुभयो । उहाँले भक्तपुरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानको सुरुवातको रुपमा यो प्रतियोगतालाई लिएको बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर युथ एशोसिएसनको यो खेल मैदानलाई नगरपालिकाको नमूना खेल मैदान बनाउने बताउदै नगरपालिकाले अर्को वर्ष दर्शक बस्ने गरि प्याराफिड निर्माण गर्ने बताउनुभयो । सरकारको एक पालिका एक खेल मैदान अभियानलाई सफल पार्न यो मैदानको स्तरोन्नती गरेर सुविधा सम्पन्न खेल मैदान बनाउने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले खेलाडीलाई रोजगारसंग जोडेर लैजान मध्यपुरथिमि नगरपालिकाले कार्यक्रम अगाडि सारेको बताउनुभयो । उहाँले नगरपालिकाले खेलाडीलाई तलब दिएर विद्यालयमा प्रशिषकका रुपमा पठाउने तयारी गरेको बताउदै खेलकुृदबाट बाँच्न सक्ने आधार बनिसकेकाले खेलकुदमा लाग्न विद्यार्थीलाई आव्हान गर्नुभयो ।
एशोसियसनका अध्यक्ष एवं पूर्व कप्तान उपेन्द्रमान श्रेष्ठले ६ वर्षदेखिका बालबकालिकालाई यही खेल मैदानमा प्रशिक्षण दिदै ग्रासरुट देखिनै खेलाडी उत्पादन गर्दै आएको बताउदै उहाँले ग्रासरुटदेखि विद्यालयस्तरसमममा प्रतियोगिता गर्दै एशोसिएन ए डिभिजनसमम पुगेको बताउनुभयो ।
उहाँले भक्तपुरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न एशोसियन लागिरहेको बताउदै एशोसियसनबाट उत्पादन भएको राष्ट्रिय खेलाडीहरु यहाँको नमूना भएको चर्चा गर्नुभयो । यो खेल मैदानमा मिनि प्याराफिड भएपनि दर्शकदीर्घाका लागि ठूलो प्याराफिड आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, नगरपालिकाका पूर्व प्रमुखहरु मदनसुन्दर श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, नपाका प्रवक्ता कृष्णहरि आचार्यलगायतले शिक्षासंग जोडर खेलकुदालाई अगाडि बढाएर यस नगर क्षेत्रमा खेलाडीको उत्पादनमा उल्लेख्य कार्य गरिरहेको बताउनुभयो ।
प्रतियोगिताको संयोजक अष्टकुमार कवेँले यो प्रतियोगितामा उत्कृउष्ठ रहेको खेलाडीलाई यो भन्दा माथिल्लो खेल खेल्न लैजाने बताउनु भयो । उहाँले बि डिभिजनको खेल नहुँदा अघिल्लो वर्ष खेलाडीइले खेल्न नपाएको भन्दै यो वर्ष बि डिभिजनको खेल खेलाउन एन्फालाई आग्रह गर्नुभयो ।
उहाँले यहाँबाट खेल्ने खेलाडीलाई कुने जात, धर्म, धनी, गरिब, राजनीतिक दल वा कुनै पनि बाहनामा विभेद नगरी अगाडि लैजाने बताउदै उत्कष्ठ खेल प्रर्दशन गरेर आफ्नो पहिचान बनेर देखाउन खेलाडीलाई आव्हान गर्नुभयो ।
प्रतियोगिताको आज पहिलो खेल वडा नं. ४ र वडा नं. ९ बीच प्रतिस्पर्धा भएको छ ।
प्रतियोगिताकाबारेमा जानकारी दिदै एशोसियसनका अध्यक्ष एवम् नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा गोलकिपर उपेन्द्रमान सिंहले मध्यपुर थिमिका वडा नं. १ देखी ९ सम्मको ९ वटा वडा टिमको सहभागिता रहेको बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिकाको सहयोगमा राउण्ड रोविन लिगका आधारमा खेलाईने खेलमा एक टोलीले ८ खेल खेल्ने गरि कूल कुल ३६ खेल हुने बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिका भित्र युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा लिगको विजेताले २ लाख ५० हजार,, दोस्रोले १ लाख २५ हजार र तेस्रो टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने एशोसियसनका उपाध्यक्ष एवं संयोजक अष्टकुमार कवेले जानकारी दिनुभयो ।
यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले समान १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले २० हजार र फेयर प्ले टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि कुल २८ लाख २४ हजार खर्च हुने अनुमान गरिएको उपाध्यक्ष कवेले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।