हामीसँग जोडिनुहोस

पत्रकार रमेश गिरी ‘आशा’ सम्मान

1 मिनेट

भक्तपुर, २९ माघ ः साहित्य एवं पत्रकारितामा लामो समयदेखि योगदान पुर्या्उने साहित्यकार एवं पत्रकार भक्तपुर समाचारदाता रमेश गिरी ‘आशा’लाई नगद रु. ५००० हजारसहित सम्मान गरेको छ ।

त्रिपुरा न्यूजले आयोजना गरेको गजलकार बिकास प्रहर र गजल गायक एवं संगीतकार राज सागको एकल गजल साँझ–२०८० मा वागमति प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सम्मान पत्र, कार्यक्रमका सभापति रामसुन्दर खायजुृले दोसल्ला तथा त्रिपुरा न्यूजका प्रकाशक बिकास प्रहरद्धारा माला लगाई नगद प्रदान गर्दै सम्मान गर्नु भएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले समाचारको माध्यमबाट भक्तपुरलाई चिनाउन क्रियासिल रहदै आएका राससकर्मीको योगदानलाई कार्यक्रममा मूल्यांकन गरेको भन्दै समाचारमा सत्य, तथ्य र वास्तविकताको पहिचानलाई गिरीले कायम राख्दै आएको बताउनुभयो ।

कार्यक्रममा त्रिपुरा न्यूजका प्रकाशक विकास प्रहरले साहित्य र पत्रकारितामा निरन्तर कलम चलाउदै आएका श्रष्ठा एवं पत्रकारलाई सम्मान गर्ने सुरुवात त्रिपुरा न्यूजले गरेको बताउनुभयो ।

कार्यक्रममा गजलकार प्रहरले नौ वटा गजल वाचन गर्नु भएका थियो भने गायक सागरले पाँच वटा गजल गाउनु भएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।