भत्तmपुर, २९ माघ । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा आज (सोमवार)देखी शुरु भएको प्रतियोगितामा वडा नं. ९ ले वडा नं. ४ लाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
वडा नं. ९ को जितमा विज्ञान राजबहाक नायक बने । उनले खेलको ८८ औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाएका थिए । खेल बराबरीतर्फ उन्मुख भइरहेको अवस्थामा वडा नं. ४ का खेलाडीको गल्तीको फाइदा उठाउँदै वडा नं. ९ का सगुन राजबहाकले दिएको पास सदुपयोग गर्दै विज्ञानले गोल गरेका हुन ।
सगुनले दिएको पासमा विज्ञानले वडा नं. ४ का एक डिफेण्डरलाई छलाई गरेको लेफ्टफुटेड प्रहार पोष्टको दाँया कुनाबाट गोलमा परिणत भएको हो । खेलको म्यान अफ दि म्याच पनि विज्ञान घोषित भए ।