]
भक्तपुर । बालबालिका देशका भोलीका कर्णाधार हुन् । यिनै बालबालिका भोली देशको नाम उच्च राख्ने गरि कलाकार, लेखक, खेलाडी, नेता, मन्त्री, सरकारी उच्च ओहोदादेखि बिभिन्न तहमा पुग्न सक्छन् । देशका लागि आवश्यक विभिन्न विद्यामा दक्ष जनशक्ति उत्पादन गर्ने पहिलो मैदान विद्यालयनै हो ।
किताबी शिक्षा विद्यालयमा, व्यवहारिक शिक्षा घरमा, बौद्धिक शिक्षा विद्यालय, घर र आफन्तबाट त लिन सकिन्छ तर बालबालिकामा शैक्षिकसंगै उनीहरु भित्र लुकेर रहेको अथाह सम्पत्तिको रुपमा रहेको बिभिन्न क्षमता पनि छ भनेर पहिचान गर्ने र त्यसलाई निखार ल्याउदै गन्तव्यको पहिचान गर्ने मैदान भनेको विद्यालयनै हो ।
\
यहीँ कथनलाई आत्मसात गर्दै वर्षमा बिभिन्न प्रतियोगिताहरु गर्दै विद्यार्थीको क्षमतालाई निखार्दै उनीहरैका भविश्यको गन्तव्य पहिचान गर्ने भूमिका निर्वाह गर्दै भक्तपुरमा उच्च शैक्षिक गतिबिधिका साथै बालबालिकारमा रहेको अन्तरनिहिर क्षमतालाई बाहिर ल्याउन लागिरहेको छ सुर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरस्थित मदरल्याण्ड इङ्लिस सेकेण्डरी स्कुल ।
मदरल्याण्ड इङ्लिस सेकेण्डरी स्कुलले मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंक केन्द्रीय तालिम भवनमा शुक्रबार भव्य रुपमा आयोजना गरेको लिटिल स्टार मदरल्याण्ड–२०८० को ग्रान्ड फिनालेमा स–साना बालबालिकाको शिरमा ताज र हातमा मेडल मात्रै थमाएन, सयौ अभिभावकका अगाडि उनीहरुको प्रतिभालाई पनि उजागर गर्न सफल भएको छ ।
स्टेजमा बालबालिकाले गरेको प्रस्तुती बालबकालिका र अभिभाकवका लागि मात्रै होइन, कार्यक्रममा सहभागि प्रत्येक व्यक्तिको मनमनमा गहिरो छाप बनेर रहन सफल भएको देखियो भने बालबालिकामा सयौको अगाडि निर्धक्क भएर बोल्न र आफ्नो क्षमतालाई प्रस्तुती दिन सफल बनायो ।
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड–२०८० सेसन–१ को ग्रान्ड फिनालेमा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड–२०८० घोषित हुदै ताज पहिराउन सफल भइन भने जेसिक नेपाल मास्टर लिटिल स्टार मदरल्याण्ड–२०८० को उपाधी हात पार्न सफल भए ।
यसैगरी छात्रातर्फ अप्रिल शिल्पकार फष्ट रनरअप, झरना देउवा सेकेण्ड रनरअप, दिक्षा बस्नेत थर्ड रनरअप र इसानी थामी फोर्थ रनरअप हुन सफल भएका छन् । साथै छात्रतर्फ फष्ट रनरअप आयन जंग कटवाल, सेकेण्ड रनरअप साइमन मगर र थर्ड रनरअफ उत्सब खत्रीले सफलता हासिल गरेका छन् ।
छात्रातर्फ विभिन्न विधामा अवार्डहरु प्रदान गरिएको प्रतियोगितामा वेष्ट वाकतर्फको अवार्ड अप्रिल शिल्पकार, मोष्ट डिसिप्लेन निर्जला खत्री, मोष्ट डिजरभिङ कृतिका भण्डारी, मोष्ट ट्यालेन्ट श्रीया बस्नेत, वेष्ट स्माइल प्रसादी बस्नेत, मोष्ट एक्टिभ झरना देउवा, वेष्ट प्रर्सनाल्टि सुवास्ना कार्की, वेष्ट आर्टवर्क करुणा घिमिरे भएकी छिन् ।
त्यसैगरी वेष्ट स्पीच एरिना बखुन्छे, फेसबुक च्वाइस न्यान्सी खड्का, भ्यूअर्स च्वाइस श्रीयाम्सी श्रेष्ठ, वेष्ट प्रफर्मर करिष्मा चौलागाई, मिस परफ्याक्ट जेसिका श्रेष्ठ, क्यूटेष्ट बेबी अफ द इयर ओइक्षा बस्नेत, मोष्ट फोटोजेनिक कास्भी खड्का, मोष्ट कन्फिडेन्ट अदृशा तिवारी, मोष्ट व्यूटिफूल आइज निशा ठाकुर, वेष्ट कुकिङ प्राप्ति खत्री, मोष्ट फ्रेन्ड्ली शाभ्य बुढाथोकीले उपाधी हात पारेकी छिन् ।
त्यस्तै वेष्ट डान्स तर्फको अवार्डमा अप्रिल शिल्पकार, मोष्ट क्रियटिभ पाल्साङ डोल्मा घिसिङ, ब्यूटि विथ ब्रेनमा अग्रता पोखरेल, म्यानेजमेण्ट च्वाइस कृतिका भण्डारी, मोष्ट इन्टेलिजेण्ट अष्का तामाङ, मोष्ट इष्टाइलिण्ट प्रियान्सु थापा, मोष्ट चार्मिङ दीपिका पहरी, वेष्ट हेयर सुप्रिया तामाङ, मिस कन्जेनिलिटी रिमा मोक्तान, मोष्ट फेसनिष्ट नेहारिका ख्याजु, ब्यूटि विथ ट्यालेन्ट स्यारोन ग्वाछा, म्यानेजमेन्ट च्वाइस इसानी थामी र वेष्ट फिगरतर्फको अवार्ड सुप्रिया तामाङले हात पारेकी छिन् ।
त्यसैगरि प्रतियोगितामा छात्रतर्फ प्रदान गरेको विभिन्न विधाका अवार्डहरुमा वेष्ट वाकतर्फको अवार्ड रोमन मगर, वेष्ट स्पीच जेसिक नेपाल, वेष्ट गायन साम्युल खड्का, वेष्ट डान्सर अनुभव खत्री, वेष्ट आर्टवर्क साइमन मगर, मोष्ट ट्यालेन्ट आयन जंग कटवल, मिस्टर हेन्डसम प्रशंग श्रेष्ठ, फेसबुक च्वाइस जेनिस खत्री, भ्यूवर्स च्याइस जेसिक नेपाल , मोष्ट डिसिप्लेन जेसन बराल, मोष्ट एक्टिभ उत्सब खत्री, मोष्ट फ्रेण्डली सविन श्रेष्ट, मोष्ट फोटोजेनिक आयन जंग कटवाल, मिस्टर प्रफेक्ट उदिप मगर, मोष्ट कन्फिडेन्ट रोमन मगर, वेष्ट प्रफर्मर पुकार दाहाल, मोष्ट डिजर्भिङ रोमन मगर र सुप्रिम थापा, बेष्ट प्रस्नाल्टी दृटान्त कार्की र म्यानेजमेन्ट च्वाइसको अवार्ड सुजल लामाले प्राप्त गरेका छन् ।
प्रतियोगितामा विद्यालयकी सञ्चालक शर्मिला देउजाले छात्र र छात्रा तर्फको विनरलाई ६–६ महिना, फस्ट रनरअपलाई ३ महिना, सेकेण्ड रनरअपलाई २ महिना, थर्ड रनरअपलाई १ महिना र फोर्थ रनरअपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति स्वरुप छुट दिने बताउनुभयो ।
उक्त प्रतियोगितामा ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र ग्राण्ड फाईनल प्रतिस्पर्धामा सहभागि रहेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिनुभयो । उहाँले कार्यक्रमको सपोर्टर सलिको ईन्सोरेन्स, ग्रीन बुक्स, मेघा पब्लिकेशन, ओयसिस पब्लिकेशन, होटल सिटी गाऊँ, सत्यशक्ति पुस्तक भण्डार र वल्डट्रेक्स फेब्रिक हाउस तथा मिडिया पार्टनरलाई धन्यवाद दिनु भएको थियो ।
सुमी बानियाँको कोरियोग्रीफी रहेको उक्त प्रतियोगिता रोजिन शाक्यले सञ्चालन गर्नु भएको थियो भने ग्रान्ड फिनालेको निर्णायकको भूमिका भने शिक्षाविद डा. कृष्णप्रसाद ग्वाछा, गोविन्दबहादुर खड्का र विजय कर्माचार्यका साथै मिसेस नेपाल आइकन २०२३ की विजेता मेरिशा सुवाल मालाकार निर्वाह गर्नु भएको थियो ।
मिस एण्ड मास्टर लिटल स्टार मदलल्याण्ड–२०८० सिजन १ को उद्घाटन गर्दै सुर्यविनायक नगरपालिकाको प्रमुख वासुदेव थापाले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा लगाउनुपर्नेमा जोड दिदै विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठनपाठनसँगै यस्ता खालका कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका ९ का वडाध्यक्ष भगवान खत्री, वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की तथा शिक्षासँग सरोकार राख्ने विज्ञ र अभिभावकहरुको सहभागिता थियो ।