हामीसँग जोडिनुहोस

जिल्लाव्यापी बुद्धिचाल प्रतियोगितामा सहभागिताका लागि आव्हान

प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेलाडी छनौट १५ गते

3 मिनेट

प्रतियोगिता खुल्ला र महिला गरि दुई चरणमा हुनेछ । प्रतियोगितामा सहभागिहरु मध्ये खुल्लातर्फ प्रथम हुनेलाई नगद रु. ७ हजार, दोश्रो हुनेलाई नगद रु. ५ हजार र तेश्रो हुनेलाई नगद रु. ३ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

===========================================

भक्तपुर, १० फागुन । जिल्ला खेलकुद विकास समिति भक्तपुरले प्रथम भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ । वागमति प्रदेश खेलकुद बिकास समितिको समन्वय तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही फागुन १८ र १९ गते प्रथम जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न लागेको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

समितिले आज बिज्ञप्ती जारी गर्दै बुद्धिचाल प्रतियोगितामा सहभागि हुन चाहने इच्छुक खेलाडीले जिल्ला खेलकुद विकास समितिको कार्यालयमा उपलब्ध फाराम भरेर प्रतियोगितामा सहभागि हुन सक्ने व्यबस्था गरिएकाले सहभागिताका लागि खेलाडीलाई आव्हान गरेको बताउनुभयो ।

निःशुल्क रुपमा प्रतियोगितामा भाग लिन पाउने गरि फाराम खुल्ला गरिएको छभने आगामी १७ गते दिउँसो २ बजेसम्म फाराम भरेर प्रतिगोगितामा सहभागिताका लागि सुनिश्चित गर्न सकिने छ ।

प्रतियोगिता खुल्ला र महिला गरि दुई चरणमा हुनेछ । प्रतियोगितामा सहभागिहरु मध्ये खुल्लातर्फ प्रथम हुनेलाई नगद रु. ७ हजार, दोश्रो हुनेलाई नगद रु. ५ हजार र तेश्रो हुनेलाई नगद रु. ३ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

्त्यसैगरि महिलातर्फ पनि प्रथम हुनेलाई नगद रु. ७ हजार, दोश्रो हुनेलाई नगद रु. ५ हजार र तेश्रो हुनेलाई नगद रु. ३ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । स्वस लिग सिस्टममा टाइ बेकरको आधारमा सात राउण्ड खेलाईने प्रतियोगिता १९ गते ३ बजे समापन गरि पुरस्कार वितरण गरिने छ ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेलाडी छनौट १५ गते

त्यसैगरि जिल्ला खेलकुद बिकास समिति भक्तपुरले वागमति प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौटको प्रक्रिया सुरु गरेको छ । समितिले आज एक सूचना जारी गर्दै १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगितामा प्रथम चरणमा छनौट भएका छात्र छात्रा खेलाडीलाई सहभागिताका लागि आहन गरेको छ ।

समितिका अध्यक्ष दिपक थापाले यही फागुन १५ गते शहिद स्मृति खेल मैदान (भक्तपुर याङ्ग सर्कल) मा दिउँसो ११ बजे खेलाडी छनौटमा सहभागि हुनका लागि आव्हान गर्दै सूचना जारी गरेको बताउनुभयो ।

त्यसदिन छनौटमा परेका विद्यालय तथा विद्यार्थीलाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिताका लागि पठाइने उहाँले जानकारी दिनुभयो । यही फागुन २८, २९ र ३० गते केन्द्रस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएकाले त्यसमा सहभागिताका लागि प्रदेशस्तरीय प्रतियोगिता आयोजना हुने भएको छ ।

वागमति प्रदेश खेलकुद विकास परिषद्ले् सूचना जारी गर्दै यही फागुन २१ र २२ गते चितवन जिल्लाको भरतपुरमा सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन फागुन १५ गते छनौटमा परेका विद्यालय एवं विद्यार्थीलाई समितिले चितवन पठाउने भएको छ । खेलाडी छनौटमा निम्न विद्यालयका निम्न विद्यार्थीलाई आव्हान गरेको समितिका अध्यक्ष थापाले बताउनुभयो ।

 समितिले जारी गरेको सूचना एवं तालिका यस प्रकार रहेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।