
भक्तपुर १० फागुन । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) ले आयोजना गरेको अन्तर विद्यालय फुटसल प्रतियोगितामा मदरल्याण्ड स्कुल विजेता बनेको छ ।
फागुन ९ र १० गते जगातीमा सम्पन्न अन्तर विद्यालय फुटसल प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता बन्दै उपाधी हात पारेको छभनआधारभूत तह तर्फ सूर्योदय सेकेण्डरी स्कुल दोश्रो र ईडेन गार्डेन तेश्रो हुन सफल भएको छ । प्रतिस्पर्धामा यूनिटी स्कुलले भने सान्त्वनामै चित्त बुझाउनु परेको छ ।
त्यसै गरि माध्यमिक तह तर्फ भएको प्रतियोगितामा भने युनिटी स्कुल जीत हासिल गर्दै बिजेता बनेको छ । त्यस्तै ईडेन गार्डेन स्कुल दोश्र्रो, मदरल्यण्ड स्कुल तेश्रो हुन सफल भएको छभने सेन्ट जोन स्कुलले सान्त्वना मै चित्र बुझाउनु परेको छ ।
ईप्सनका अध्यक्ष जिबी खड्काको सभापतित्वमा आज भएको प्रतियोगिताको समापन एवं पुरस्कार वितरण कार्यक्रममा नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिहं र अध्यक्ष खड्काले संयुक्त रुपमा विजेताहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
पूर्व कप्तान सिहंले ईप्सन संस्थाले आफ्ना सदस्य विद्यालयका खेलाडिहरुलाई यसरी खेलको अवसर दिएर देशका लागि आवश्यक खेलाडी उत्पादनमा टेवा पुर्याएको बताउनुभयो ।
आधारभूत तहतर्फ मदरल्याण्डका अमृत तामाङ्ग उत्कृष्ट खेलाडि, मदरल्याण्ड कै जयराम बिक सर्वाधिक गोलकर्ता र सूर्योदयका उज्ज्वल ज्याख्व उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।
यसै गरी माध्यमिक तर्फ उत्कृष्ट खोलाडि ईडेन गार्डेनका मन्देश ठाकुर, उत्कृष्ट गोलकिपर यूनिटीका आशिष थापा र सर्वाधिक गोलकर्ता सेन्ट जोन स्कुलका स्वीकार श्रेष्ठ घोषित भएको भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
छनौट चरणमा आधारभूत तहमा १० र मा.वि. तहमा १० विद्यालय समावेश हुदै छनौट चरणमा ४० र सेमिफाईनल तथा फाईनलमा ८ गरी जम्मा ४८ खेलहरु भएको कार्यक्रम संयोजक विजय कर्माचार्यले जानकारी दिनुभयो ।