भक्तपुर, १४ फागुन । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजना तथा वागमति प्रदेश खेलकुद बिकास परिषद्को समन्वयमा आज भएको भक्तपुर जिल्लास्तरीय शिन क्योकुशिन फुलकन्ट्याक्ट कराते–प्रतियोगिता २०८० सम्पन्न गरेको छ ।
जिल्ला भित्रका डोजो तथा खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा शो– क्योकुशिन कराते कौशल्टार डोजो च्याम्पियन बनेको छ । चार गोल्ड मेडलसहित च्याम्पियन भएको उक्त डोजोलाई नगद रु. ७ हजार सहित पुरस्कार प्रदान गरेको भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा शिन क्योकुशिन कराते कोटदेवी डोजो, लोकन्थली एक गोल्ड मेडलसहित दोश्रो र सोनाज क्योकुशिन मध्यपुरथिमिले एक गोल्ड मेडलसहित तेश्रो भएको छ । दोश्रो र तेश्रो हुने डोजोलाई क्रमश रु. ५ हजार र ३ हजारका दरले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख वासु््देव थापाले उद्घाटन गर्नु भएको प्रतियोगितामा महिलातर्फ ४० देखि ४५ केजी तौल समूहमा दक्षिणा घलान प्रथम, शोभा राई द्धितिय, मनिषा थापामगर र बिनिसा तामाङ तृतिय भएका छन् ।
त्यसैगरि ४५ देखि ५० केजी तौल समूहमा आशा स्याङ्तान प्रथम, अरुणिमा तामाङ द्धितिय, भुमिका सुनुवार र अञ्जना लामा तृतिय भएका छन् । त्यस्तै र ५० देखि ५५ केजी तौल समूहमा सरु थापामगर प्रथम, कृष्टि तामाङ द्धितिय, जेनिशा तामाङ र आशिका तामाङ तृतिय भएका छन् ।
त्यसैगरि प्रतियोगितामा पुरुषतर्फ ४० देखि ४५ केजी तौल समूहमा जगत प्रजा प्रथम, प्रेम राइका मगर द्धितिय, दिप्सन शिवाकोटी र शुसान्त तामाङ तृतिय भएका छन् ।
त्यस्तै ४५ देखि ५० केजी तौल समूहमा बसन्त सारु मगर प्रथम, सुदान तामाङ द्धितिय, अनोज तामाङ र किशोर तामाङ तृतिय भएका छन् । त्यस्तै ५० देखि ५५ केजी तौल समूहमा सागर तामाङ प्रथम, शक्ति तामाङ द्धितिय, मुखिया लामा र बिष्णु स्याङ्तान तृतीय भएको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।
मध्यपुर कराते एकेडेमीको हलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि सूर्यविनायक नगरपाकिाका प्रमुख वासुदेव थापाले ेखेलको बिकासले विदेशमा पनि नेपालको पहिचान बढिरहेको भन्दै खेलकुदको बिकासमा नगरपालिका सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपाकिलाका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, प्याब्सनका अध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतले कराते खेलको विकासमा स्थानीइ तह, प्रदेश र संघीय सरकारले लगानी बढाउनु पर्ने बताउदै खेलकुदबाटै बाँच्न सक्ने आधार तयार गर्नु पर्नेमा जोड दिनुभयो ।
उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष एवं कार्यक्रममा सभापति दीपक थापाले कराते खेलको पनि बिकास गर्ने उदेश्यले समितिले आयोजना गरेको प्रतियोगिताले डोजो र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।
त्यसैगरि आजै अपरान्ह सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा नेकपा एमालेका पोलिब्यूरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले विजयी डोजो र खेलाडीहरुलाई पुरस्कार, प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गर्नुभयो । पूर्व सांसद एवं एमाले युवा नेता बस्नेतले भक्तपुरले खेलकुदको बिकासमा लामो फड्को मारेको चर्चा गर्दै खेलकुद बिकास समितिमा थापा आएपछि ख्लकुदका गतिबिधिहरुले तिब्रता पाउनुका साथै खेल र खेलाडीको बिकासको चरण सुरु भएको बताउनुभयो ।
उहाँले राज्यले ख्ेलकुदमा लागेकोहरुलाई बाँच्न सक्ने आधारको सृजना गर्न सके अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीले निबै उपलब्धी हासिल गर्न सक्ने बताउदै गाउँ, टोल तथठा विद्यालय र स्थानीयस्तरबाटै खेलकदको बिकासमा टेवा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वागमति प्रदेश सभाका सदस्य किरण थापाले भक्तपुरका प्रत्येक पालिकामा ख्लकुदको गतिबिधि बढिरहेको बताउदै खेलकुद बिकास समितिले खेलकुदको बिकासमा उल्लेख्य भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । उहाँले वागमित प्रदेश सरकारले पनि खेलकुदको बिकासमा लगानी बढाइरहेको चर्चा गर्दै खेलकुदको गतिबिधि बढाउदा खेलको बिकास हुने बताउनुभयो । कार्यक्रममा एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले विद्यालय तहदेखि नै खेलकुदको बिकास गर्न आफू लागिरहेको बताउनुभयो ।
खेलकुद बिकास समितिका अध्यक्ष एवंक ार्यक्रमका सभापति दीपक थापाले प्रतियोगिता सफल पार्न सहयोग गर्ने व्यक्ति, निकाय सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा यस प्रतियोगितामा विशेष सहयोगको भूमिका निर्वाह गर्ने साउथ एशियन सितेरियो सोबकान कराँतेका टेक्निकल डाइरेक्टर नेपाल सितेरियो सोबुकान कराते डो संघका प्रमुख प्रशिक्षक एवं टेक्निकल डाइरेक्टर, बरिष्ट कराते प्रशिक्षक सेभेड डान ब्ल्याक बेल्ड एवं मध्यपुर कराते एकेडेमीका संस्थापक अध्यक्ष सजन श्रेष्ठलाई प्रंशसा पत्र प्रदान गरिएको छ ।