हामीसँग जोडिनुहोस

जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

1 मिनेट

भक्तपुर, १८ फागुन : जिल्ला खेलकुद विकास समिति भक्तपुरले आयोजना गरेको प्रथम भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ ।

वागमति प्रदेश खेलकुद बिकास समितिको समन्वयमा जिल्ला समन्वय समितिको हलमा सुरु भएको प्रतियोगिताको समितिका अध्यक्ष दीपक थापाले उद्घाटन गर्नुभयो । प्रतियोगिता खुल्ला र महिला गरि दुई चरणमा सुरु भएको छ ।

प्रतियोगितामा महिला र पुरुष गरि ५१ जनाको सहभागिता रहेको बताउदै उहाँले दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला तथा पुरुष दुर्बतर्फ प्रथम हुनेलाई नगद रु. ७ हजार, दोश्रो हुनेलाई नगद रु. ५ हजार र तेश्रो हुनेलाई नगद रु. ३ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।

स्वीस लिग सिस्टममा ट्राइ बेकरको आधारमा सात राउण्ड खेलाईने प्रतियोगितामा विजयी खेलाडीलाई राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागि गराईने बताउनुभयो ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ