हामीसँग जोडिनुहोस

ग्ल्याण्ड स्टोन एडु एक्स्पो–२०८० सम्पन्न

2 मिनेट

भक्तपुर, १९ फागुन : ग्ल्याण्ड स्टोन एडु एक्स्पो–२०८० सम्पन्न भएको छ । मध्यपुरथिमि नगरपालिका बाहखाबजारमा रहेको ग्ल्याण्ड स्टोन एकेडेमीले आज विद्यालयमा आयोजना गरेको शैक्षिक प्रर्दशनीमा सयौ विद्यार्थी तथा अभिभावकहरुले अवलोकन गर्दै सम्पन्न भएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ४, ५, ६, ७ र ८ का विद्यार्थीहरुले विगत एक महिनादेखि तयार पारेको शैक्षिक प्रर्दशनीको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

कूल ६३ वटा स्टर रहेको प्रर्दशनीमा विद्यार्थीले मानवीय दैनिक जीवनमा गर्दै आएका बिभिन्न क्रियाकलापलाई बैज्ञानिक एवं प्राबिधिक रुपमा कसरी सहज रुपमा व्यबहारिक रुपमा प्रयोगमा ल्याउने भन्ने बारेमा जानकारी दिन प्रशर्दनी सफल भएको विद्यालयका प्रिन्सिपल बिनोद कोइरालाले जानकारी दिनुभयो ।

बेलायतको सरकारी विद्यालयमा लागू भएको डिजी पाठेयक्रमसमेत लागू भएको यस विद्यालयमा विद्यार्थीले हरेक महिना आन्तरिक रुपमा यस्ता प्रतियोगिता गर्ने र वर्षमा एक पटक खुल्ला प्रर्दशनी गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार बिज्ञान, फुटसल, फेस पेन्टिङ्, बिभिन्न गेमहरु, सामाजिक शिक्षालगायत बिभिन्न प्रबिधि जडान गरि तयार पारेको मेशिनरी ज्ञानलाई समेत विद्यार्थीले प्रयोगात्मक रुपमा प्रर्दशन गरेको उहाँले बताउनुभयो ।

विद्यार्थीमा पठन संस्कृतिको बिकास होस भनेर विद्यार्थीलाई तीन महिनामा पाठ्यक्रम भन्दा बाहिरका दुई पुस्तक अनिवार्य पढ्नु पर्ने नियम रहेको यस विद्यालयमा आयोजित प्रर्दशनीमा बुक स्टलसमेत राखिएको प्रिन्सिपल कोइरालाले जानकारी दिनुभयो ।

विद्यालयका कार्यकारी निर्देशक प्रदीप श्रेष्ठले विद्यार्थीहरुलाई पाठयक्रमसंगै बिज्ञान, प्रबिधि, समाजलगायतका बिबिध पक्षका जानकारी दिने र उनीहरुको आत्मविश्वास बढाउन अभिप्रेरित गर्न प्रर्दशनी सफल भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।