हामीसँग जोडिनुहोस

वागीश्वरी माध्यमिक विद्यालयको कर्मचारीहरु बिच क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

1 मिनेट

वागीश्वरी माध्यमिक विद्यालयको आयोजना च्याम्हासिङ्ग स्थित विद्यालयको सभा हलमा शनिवार वागीश्वरीमा कार्यरत कर्मचारीहरु बिच कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भयो ।

कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले कर्मचारीहरु भनेको सार्वजनिक व्यक्तित्व हुन् । कर्मचारीहरुले समयानुकुलु ऐन कानुनसंग सधै परिचित हुनु पर्ने । कर्मचारीहरु संस्थाप्रति इमान्दार हुनुका साथै वैचारिक रुपमा परिपक्व अनिवार्य रुपमा आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका अतिथि एवं वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले आफुले वागीश्वरीमा कार्यरत हु“दाका पुराना क्षणहरु स्मरण गर्दै काम नै व्यक्तिको परिचय रहेकाले नमुना विद्यालयका कर्मचारीहरु नमुना बन्नु पर्नेमा जोड दिनुभयो । वागीश्वरीमा कार्यरत कर्मचारीहरुको साथ सहयोगले आज वागीश्वारी माविसंगै वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट गरी तीनवटा संस्था सफलतापूर्वक सञ्चालन भैरहेको बताउनुभयो ।

भक्तपुर नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई प्रशिक्षक रहनुभएको कार्यक्रमको दोस्रो चरणमा उहा“ले अन्तरक्रियात्मक रुपमा तालिम संञ्चालन गर्दै उहा“ नेपालमा अभ्यास भइरहेको प्रशासनीक कानुनी प्रावधान, कर्मचारीको कर्तव्य, मर्यादाकोबारेमा चर्चा गर्नुभएको थियो ।

वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले स्वागत मन्तव्यको क्रममा धेरै वर्ष अनुभव लिएर काम गरे पनि यस्ता किसिमको तालिमहरु नियमित रुपमा कर्मचारीहरुले लिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वारी माविका सहायक प्र.अ. कृष्णप्रसाद कर्माचार्य, राजन फेलु, तुल्सीराम प्रजापति तथा सविन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो । कार्यक्रमको अन्त्यमा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रशिक्षक भट्टराईलाई मायाको चिनो प्रदान गर्नुभयो ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।