हामीसँग जोडिनुहोस

तीन पत्रकारका ८० वर्ष अघिका तीनपुस्ते फोटो प्रदर्शनीमा दर्शकको भीड 

2 मिनेट
भक्तपुर, १९ फागुन : ८० वर्ष अगाडिको भक्तपुर कस्तो थियो होला ? त्यसबेलाको उपत्यका कस्तो थियो होला ? यहाँको सम्पदाहरु, रहन सहनहरु कस्तो थियो होला ? त्यतिबेलाका तस्विर लिने प्रबिधि कस्तो थियो होला ?
भक्तपुर पर्यटन विकास समितिले शुक्रबारदेखि आयोजना गरेको ‘ब्रिलियन्ट भक्तपुर फोटो प्रर्दशनी–२०८०’ ले यस्ता उत्कसुकता मेटाउदै स्वदेशीदेखि विदेशीसम्मलाई ८० वर्ष अगाडिको भक्तपुरसंगै उपत्यका हेर्न भक्तपुर दरबार स्क्वायरको पचपन्न झ्याले दरबार अगाडिको लामो पाटीमा विद्यार्थीदेखि सर्वसाधारणसम्मको भीड लागेको छ ।
नेपाल टेलिभिजनका भक्तपुरका पहिलो समाचारदाता केदार बनेपाली, भक्तपुरकी पहिलो महिला पत्रकार एवं नेपाल टेलिभिजनकी समाचारदाता सुनि बनेपाली र नेपाल टेलिभिजनमै पत्रकारिता गरेको किसन बनेपालीले बिभिनन कालखण्डका खिचेका र उहाँका हजुरबुबाले ८० वर्ष अगाडि खिचेका तस्विरहरु समेटेर भक्तपुरमा पहिलो पटक हजुरबादेखि नातीसम्मका तीन पुस्तफोटो पर्दशनीले यहाँको तत्कालिन अबस्थालाई उजागर गरिरहेको छ ।
फोटो पर्दशनीको अवलोकन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ इतिहास, कला, संस्कृतिलाई जिवन्त राख्ने काम यस्ता ए्ेतिहासिक तस्विरहरुले गर्ने बताउनुभयो । उहाँले इतिहास झल्किने यस्ता तस्विरले हाम्रो हराएका संस्कृति र इतिहासलाई खोतल्न सहयोग पुग्ने बताउदे एउटै परि।वारको तीन पुस्ताको फोटो प्रर्दशनी एकै ठाउँमा हेर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
वि.सं. १९७२ सालमा भक्तपुरको दत्तात्रयमा जन्मिएका स्व बद्रीप्रसाद बनेपाली १४ बर्षको उमेरमै भारत गएर फोटोग्राफी तालिम लिएर फर्के पछि भक्तपुरका घर घरमा गएर फोटो खिचेर व्यवसायिक फोटोग्राफी सुरु गरेको उहाँका पुत्र एवं फोटोग्राफर केदार बनेपालीले बताउनुभयो ।
प्रदर्शनीले अहिले अस्तित्वमा समेत नरहेका सम्पदाको तस्बिर समावेश गरिएको बताउदै उहाँले सम्पदाको परिवर्तित स्वरूपबारे नयाँ पुस्तालाई जानकारी गराउने र पर्यटकलाई आकर्षण गराउने प्रर्दशनी सफल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “बुबाले वि.सं २०१० सालमा आफ्नै घरमा दत्तात्रय फोटो स्टुडियो सञ्चालन गरेर भक्तपुरमा व्यावसायिक फोटोग्राफी सुरु गर्नु भएको थियो, मैले पनि १२ वर्षको उमेरमा बुबासंगै फोटो खिच्न सुरु गरेको थियो, मेरो छोरा र छोरीले पनि त्यही गरे, अहिले हामी तीन पुस्ताको ऐतिहासिकस्थलमा फोटो प्रर्दशनी गर्न पाउँदा खुसी लागेको छ ।”

 

समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीपेशराज शर्माले भक्तपुरकै पहिलो फोटोग्राफर स्व. बद्रीप्रसाद बनेपाली, उहाँका छोरा केदार र नाति किसन तथा नातिनी सुनी बनेपालीगरी तीन पुस्ताले विभिन्न काल खण्डमा खिचेका फोटोहरुको प्रदर्शनी गरिएको बताउनुभयो ।

भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, त्यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने ८० वर्ष अगाडिदेखि ३० वर्ष अगाडिसम्म खिचेका सर्यौ फोटोहरु मध्ये ६८ वटा फोटो प्रर्दशनीमा राखिएको उहाँले बताउनुभयामे ।
प्रदर्शनीमा स्व. बनेपालीले खिचेका ८० वर्षअघिको, केदारप्रसाद बनेपालीले खिचेका ५० वर्षअघिको, सुनी बनेपालीले ३० वर्षअघिको र किसन बनेपालीले २० देखि ३० वर्षअघि खिचेका तस्बिरहरू प्रदर्शनीमा रहेको समितिका सचिव रामसुन्दर भेलेले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।