हामीसँग जोडिनुहोस

प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० भाग लिने खेलाडीलाई पोशाक वितरण गर्दै बिदाई

1 मिनेट

भक्तपुर, २० फागुन । जिल्ला खेलकुद विकास समिति भक्तपुरले बागमति प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० मा सहभागि हुन आज चितवन गएको खेलाडी तथा प्रशिक्षक टोलीलाई बिदाई गरेको छ ।

समितिले आज शहिद स्मृति खेल मैदान भक्तपुरमा आयोजना गरेको खेलाडीलाई खेल पोशाक बितरण तथा खेलाडी बिदाई कार्यक्रममा समितिका अध्यक्ष दीपक थापाललगायतको टोलीले खेलाडीलाई पोशाक बितरण गरि बिदाई गरेका हो ।

कार्यक्रममा समितिका अध्यक्ष थापाले खेलाडीहरुलाई हौसला प्रदान गर्दै भक्तपुरको शान उच्च राख्ने गरि खेल प्रर्दशन गर्न निर्देशन दिनुभयो । उहाँले अनुशासित भएर खेल प्रर्दशन गर्न खेलाडीलाई आव्हान गर्दै समितिले आगामी दिनमा पनि खेल र खेलाडीको विकासका लागि कार्यक्रम ल्याउने बताउनुभयो ।

अध्यक्ष थापाले सम्भवत पहिलो पटक प्रतियोगितामा सहभागि हुने खेलाडीलाई जिल्ला खेलकुद बिकास समितिले आतेजाते खर्च व्यहोरेको बताउदै यसअघि खेलाडी आफैले व्यक्तिगत खर्च गरेर प्रतियोगितामा जानु पर्ने बाध्यतालाई समितिले अन्त्य गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष बिनोदचरण राय, जिल्ला कबड्डी संघ भक्तपुरका अध्यक्ष पशुपति प्रजापति, जिल्ला उसु संघका अध्यक्ष शिवराम अधिकारी, एथलेस्टिक संघका अध्यक्ष आशाराम गोथे, तेक्वाण्डो संघका अध्यक्ष श्याम तजले, जिल्ला कराते संघका उपाध्यक्ष रामशरण त्वातीलगायतले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

प्रतियोगितामा भाग लिन भक्तपुरबाट कराते, उसु, तेक्वाण्डो, भलिबल, कबड्डी, भलिबल र एथलेस्टिक खेलमा भाग लिन प्रक्ष्शिकसहित ११७ जना खेलाडी आज चितवन प्रथन गरेका छन् । चितवनमा सोमबारदेखि प्रतिस्पर्धा हुने भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।