हामीसँग जोडिनुहोस

सीटीईभीटीका उपाध्यक्षलाई कालोमोसो दल्ने दुई पक्राउ

1 मिनेट
भक्तपुर, २० फागुन : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभिटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कार्यकक्षमै आएर कालोमोसो दलेर अभद्र व्यबहार गरि फरार दुई जनालाई प्रहरीले १५ दिनपछि आज पक्राउ गरेको छ ।
प्रहरीले अछामको कमलबजार नगरपालिका–६ घर भई काठमाण्डौं कलंकी बस्ने ३० वर्षिय डि बि भन्ने डम्बरबहादुर शाही र दार्चुलाको मार्मा गाँउपालिका–२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ३० वर्षिय नवराज भट्टलाई आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्तछ पाठकले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार अखिल क्रान्तिकारी आबद्ध उनीहरुले गत फागुन ६ गते भेटघाट गर्ने बहानामा सीटीइभीटीका उपाध्यक्ष अधिकारीको कार्यकक्षमा पसेर कालोमोसो दलेर अभद्र व्यवहार गरेका थिए ।
फरार रहेका उनीहरुलदाई आज मध्यपुरथिमि‐३ गठ्ठाघरबाट पक्राउ गरि आवश्यक कारबाही अगाडि बढाएको उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।