हामीसँग जोडिनुहोस

ढकाल हत्या प्रकरणमा मुखय योजनाकारसहित तीन पक्राउ

1 मिनेट

भक्तपुर, २० फागुन : सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने तेह्रथुम छथर गाउँपालिका–२ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हत्याका मुख्य योजनाकार चाँगुनारायण नगरपालिका–६ का २९ वर्षीय सन्तोष सुवाललाई घट्नाको १० दिनमा आज काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट पक्राउ गरि अनुसन्धान सुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकाकरी दिनुभयो ।

गत ९ गते राती ८ बजे कोठाबाट तेल किन्न बाहिर निस्केका ढकाललाई हत्या गरेर गोठमा परालले छोपेको अबस्थामा १० गते स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गत ९ गते राती ढकालकी श्रीमती रेनुलाई टेलिफोनमा श्रीमान चाहिए दुई लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनी ढकालकै मोवाइलबाट फोन गरि मोवाइल अफ गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो ।

प्रहरीले ढकाल र सुवालबीच घट्नाको केहीदिन अघि खाजाघरमा चिनजान गरि सुवालल कोठामा लगेको र श्रीमतिलाई जिस्क्याएको निहुँमा दुईजना बीच झगडा भएकाले त्यही रिस फेर्न नौ गते राती सुवालले इँटा, ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या पछि काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर प्रहरीलगायतले घट्नाको अनुसन्धान गरेको र हत्या संलग्नको खोजी गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रनाउ पाठकले जानकारी दिनुभयोे ।
प्रहरीले अनुसन्धानकै घट्ना भएको दा्श्रो दिनमा सिपाडोलबाटै पक्राउ गरेको दुईजनाको भने नाम सार्वजनिक गर्न नमिल्ने भन्दै गोप्य राखेको छ ।

प्रनाउ पाठकले भन्नुभयो, “घट्नामा संलग्न रहेको अभियोगमा दुईजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियौ? एक जना अहिले पनि प्रहरी बृत्त जगातीको हिरासतमा राखेका छौँ, अर्को एक जनालाई हिरासतबाटै पुर्नस्थापना केन्द्र पठाएका छौँ, घट्नामा ती दिईको संलग्नता नरहेको पाईएको छ, अनुसन्धान नसकिएकाले हिरासतमै राखिएका छौँ ।”

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।