हामीसँग जोडिनुहोस

अभिभावक संघ नेपाल छात्रा शालिन मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही गर्न माग

1 मिनेट
salin postmartom – 1

काठमाडौं, २० फागुन । अभिभावक संघ नेपाल केन्द्रीय समितिले चितवन रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत सोही विद्यालयको छात्राबासमा बस्ने छात्रा १३ वर्षीया शालिन पोखरेलको शंकास्पद मृत्यु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले आज एक बिज्ञप्ती जारी गर्दै घट्नाप्रति दुःख व्यक्त गर्दै घट्नाप्रति सत्यतथ्य छानबिन गरि दोषी उपर कडा कारबाही गर्न माग गरेको छ ।

संघका अध्यक्ष केशव पुरी र महासचिव रामचन्द्र सुवेदीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यहीँ फागुन १२ गते छात्राबासमा भएको शालिनकाृ मृत्यु प्रकरणमा छात्राको अभिभावकबाट हत्या भएको भन्दै किटानी जोहरी समेत दिईसकेको अबस्थामा यस घट्नाप्रति निष्पक्ष छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न र दोषी उपर कारबाही गर्न संघले जोडदार माग गरेको छ ।

संघका अध्यक्ष पुरीले घट्नाले सिंगो अभिभावकलाई स्तब्ध बनाएको बताउदै यस घट्नाले विद्यालयका छात्राबास, यसको सुरक्षा प्रबन्ध, शिक्षक, छात्राबास, कर्मचारी र स्वयं विद्यालय जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

यस्ता घट्ना पुनः नदोहोरिने व्यबस्थाका लागि विद्यालयका छात्राबास र यसको प्रबन्धकाबारेमा नियमित अनुगमन गर्न आवश्यक रहेको जनाएको छ । साथै घट्नाको छानबिनलाई असर पार्ने गरि कुनै पनि गतिबिधि एवं बक्त्व्यबाजी नगर्न माग गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।