
भक्तपुर, २४ फागुन : सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलाको तयारी पुरा भएको छ । डोलेश्वर महादेव मन्दिर व्यबस्थापन समितिले आज महाशिवरात्री पर्वको तयारीकाबारेमा सञ्चारकर्मीलाई महाशिवरात्री पर्वमा डोलेश्वरमा साधु सन्त तथा दर्शनार्थीको लागि आवश्उक सम्पूर्ण तयार िपुरा गरेको जानकारी दिएको हो ।
महाविशरात्री पर्वका लागि भारतका बिभिन्न प्रान्तबाट डा्लेश्वरमा आजसम्म २५० साधुसन्त तथा जोगी बाबाहरु आइपुगेको र साँझसम्म ५० भन्दा बढी साधुसन्त आइपुग्ने समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
महाशिवरात्री पर्वको दिन डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीलाई बिहान चारबजे देखि नै मन्दिरको चारवटै ढोकाबाट प्रवेश गराई सहज रुपमा दर्शन गर्ने व्यबस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
मध्यराती मन्दिरमा विशेष पुजा गरेपछि विहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिने बताउदै उहाँले अरुदिन मन्दिर भित्र प्रवेश गर्न नपाईने भएपनि शिवरात्रीका दिन भने दर्शनार्थीले मन्दिर भित्र प्रवेश गरेर डोलेश्वरमा आफैले पुजा एवं दर्शन गर्ने व्यबस्था मिलाईएको बताउनुभयो ।
महाशिवरात्री पर्वमा सहज एवं छिटो दर्शन गर्ने व्यबस्था मिलाईनुका साथै सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाईन बसेको आधाघण्टा भित्र दर्शन गरिसक्ने गरि व्यबस्था मिलाउनुका साथै २५० जना स्वयंसेवक परिचालन गरिने भएको छ । यसवर्ष करिब ५० हजारभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।
महाशिवरात्री पर्वमा डोलेश्वर आएका साधुसन्तहरुका लागि खाने, बस्ने, धुनी जगाउने व्यबथ गरिएको भन्दै उहाँले एकसाता अगाडिदेखि आएका साधुसन्तलाई यसअघिनै उक्त व्यबस्था गरिएको बताउनुभयो । साधुसन्त घर फर्कने बेलामा प्रत्येक साधुसन्तलाई एक थान कम्बल, एकथान ओढ्ने र यातायात खर्च रु. ७५० प्रदान गरेर बिदाई गरिने उहाँले बताउनुभयो ।
दर्शनका लागि आएका सम्पूर्ण भक्तजनलाई निःशुल्क भोजन एवं प्रसादी एवं भोजनको व्यबस्था गरिएको छ । जगातीबाट डोलेश्वरसम्म जान आउन सर्वसाधारणलाई जगाती र सूर्यबिनायब गरि दुई वटा सडक प्रयोग गर्ने गरि व्यबस्था गरिएको छ ।
वागमति प्रदेशसभा सदस्य एवं स्थानीयवासी तथा समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापाले मन्दिरमा आउने साधुसन्तदेखि दर्शनार्थीसमेतको कुनै गुनासो नहुने गरि व्यबस्था मिलाईएको बताउनुभयो ।
समितिका सल्लाहकारसमेत रहनु भएका थापाले धुनि जगाउन ६ टिप दाउराको व्यबस्था गरिसकेको बताउदै महाशिवरात्री पर्वलाई भव्य बनाउन मन्दिरलाई सिगारेर झकिझकाउ बनाईएको, दर्शनार्थीका लागि सुरक्षा व्यबस्था मिलाईएको, दर्शनार्थीको स्वास्थ्यका लागि ध्यान दिदै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालबाट स्वास्थ्य शिविरको व्यबस्था गरिएको बताउनुभयो । महाशिवरात्रीको अवसरमा रक्तदान गरिने भएको छभने आज सरसफाई एवं अन्य तयारी पुरा गरेको छ ।