
काठमाडौं, चैत १६ ।
बागमती प्रदेश सरकारले १९ गते सोमबार विश्वासको मत लिने भएको छ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिनेगरी माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले आज प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन्।
सरकारलाई दिएको समर्थन फिर्ता भएसँगै संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै बागमती प्रदेशमा २३ फागुनमा काङ्ग्रेसले आफ्नो ६ जना मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो।