हामीसँग जोडिनुहोस

फ्रेन्डशिप कप अन्तर्गत त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

2 मिनेट

चैत २०,काठमाडौँ।

एसएमएस फ्रेन्डशिप कपअन्तर्गत त्रिकोणात्मक टी–२० सिरिजमा आज भएको खेलमा नेपालले भारतको स्थानीय क्लब बरोडा क्लबलाई २७ रनले पराजित गरेको छ।

बरोडाले निर्धारित २० ओभरमा अल आउट हुँदै १२९ रन मात्र बनाएपछि २७ रनले पराजित भयो। आजको जितसँगै नेपाल सिरिजको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ।मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भएको खेलमा नेपालले ६ विकेट गुमाएर १५६ रन बनाउँदै जितका लागि बरोडालाई दिएको १५७ रनको लक्ष्य दिएको थियो।

दोस्रो ब्याटिङ गरेको बरोडाका लागि शुरुवात नै सुखद रहेन। ओपनिङ ब्याट्सम्यानलाई सस्तैमा नेपालले पवेलियन फर्काएपछि बरोडा दबाबमा परेको थियो। त्यसपछि लगातारजस्तै बरोडाको विकेट खसेको थियो।

बरोडाका लागि भानु पनियाले २६ बलमा बनाएको ३८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। उसका लागि बाबा खानले १० बलमा २७ रन‚ कप्तान विष्णु सोलंकीले ३२ बलमा २५ रन र अमित पासीले ९ बलमा १४ रन बनाए। यसबाहेक अरु कसैले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।नेपालका लागि करण केसीले ३ विकेट‚ सोमपाल कामीले २ विकेट तथा गुलशल झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालको शुरुवात सशक्त रहेन। ओपनर कुशल भुर्तेल ११ बलमा ९ रन बनाएर आउट भए भने अर्का ओपनर आसिफ शेख पनि १२ बलमा ९ रन बनाएर आउट भए।

अनिल साहले २७ बलमा २५ रन र कप्तान रोहित पौडेलले १३ बलमा १८ रन बनाए। रोहित दोस्रो रन लिने चक्करमा आउट भए।सन्दिप जोराले १६ बलमा २९ रन बनाएर रन आउट भए। गुलशन झाले १४ बलमा १३ रन बनाए।

कुशल मल्लले अविजित रहँदै २५ बलमा ४० रन बनाए भने अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ५ बलमा ५ रन बनाए।

नेपालले अतिरिक्त ८ रन पायो।बरोडाका लागि पेसर बाबा खानले २ विकेट‚ मोहित मोंगिया र परीक्षित पटेलले १र१ विकेट लिए।नेपालले आज दोस्रो खेल पनि जित्दै दुई खेलबाट ४ अंक जोड्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा नेपालले गुजरातलाई हराएको थियो।

पहिलो खेलमा गुजरातसँग पराजित भएको बरोडा आज नेपालसँग पनि पराजित भएको छ।

नेपाल, गुजरात र बरोडा सहभागी त्रिकोणात्मक टी–२० सिरिज डबल राउण्ड रोबिनमा भइरहेको छ।भोलि दिउँसो नेपालले गुजरातसँग खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोलीले चैत २५ गते फाइनल खेल्नेछन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।