हामीसँग जोडिनुहोस

विराट गोल्डकप अन्तर्गत मच्छिन्द्र र सिक्किमको ड्रागन फुटबल क्लबबीच खेल हुँदै

1 मिनेट

२२ चैत,काठमाडौं ।

विराट गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई ४(३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बेलुकी शहीद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिलाले जीत निकालेको हो। टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो।

साङ्ग्रिला क्लबका विशाल सुनार , आशिष चापागाईं, उमेश कार्की र र किरण राईले गरेका प्रहार गोलमा परिणत भएको थियो।

एपीएफका अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदास गोल गर्न सफल भएका थिएभने दिपेश धिमाल र कुलदीप कार्की गोल गर्न चुके। साङ्ग्रिला क्लबका गोलरक्षक विशाल सुनारले उनीहरूका प्रहार रोकेर आफ्नो टोलीलाई जिताए। उनले प्लेयर अफ द म्याच घोषित भएर ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।