हामीसँग जोडिनुहोस

मोजाम्बिकको उत्तरी तटमा डुंगा दुर्घटना, ९० जनाको मृत्यु

1 मिनेट

चैत २६,एजेन्सी।
मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको छ। डुंगामा सवार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ।

नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणको डुंगा दुर्घटनामा मृत्यु भएको हो। मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन्।

यात्रु बोक्न योग्य नरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान गरिएको छ। सामाजिक संजालमा पोष्ट गरिएको अप्रमाणित भिडियोमा समुद्री तटमा दर्जनौ शवहरु लडिरहेको अवस्थामा देखिन्छ।

डुङ्गा लुङ्गाबाट नामपुला प्रान्तको तटमा रहेको मोजाम्बिक आइल्याण्डतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो। गत वर्षको जनवरीदेखि दक्षिणी अफ्रिकाका धेरै देशहरूमा फैलिएको हैजाको प्रकोपबाट नामपुला प्रान्त सबैभन्दा बढी प्रभावित छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।