हामीसँग जोडिनुहोस

सुनको मुल्य एकै दिनमा १५ सय रुपौयाँले बढ्यो

1 मिनेट

श्रावण २२ । सुनको भाउ बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको छ । सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो । भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महँगो भएको हो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघ अन्तर्गत मूल्य निर्धारण समितिले जनाएको छ ।
समिति संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १५ सय डलरसम्म पुग्ने अनुमान छ ।
अहिले विश्वभरी नै अर्थतन्त्रमा समस्या बढेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको छ । सुनमा लगानीकर्ताको आकर्षण बढेसँगै भाउ महँगो भएको हो । यसैबीच भाउ महँगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको छ ।
चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय १० रुपैयाँ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।