हामीसँग जोडिनुहोस

महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै

1 मिनेट

१३ वैशाख,काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपालले महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेन्डा तय हुने छ।

जसपाको महाधिवेशन जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने तय भएको छ । महाधिवेशनका लागि विभिन्न दस्ताबेज लेख्ने काम सकिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको छ ।

ती प्रतिवेदनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । साथै, पार्टीको सङ्गठित सदस्य तथा महाधिवेशन प्रतिनिधिको बारेमा पनि छलफल हुने बताइएको छ । सङ्गठित सदस्यको नाम प्रदेशबाट केन्द्रीय कार्यालयमा आइसकेका छन् । सो नामलाई अन्तिम रूप दिने काम सङ्गठन विभागले गरिरहेको छ ।

 

 

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।