हामीसँग जोडिनुहोस

काठमाण्डौ महानगरको निःशुल्क सीप तालिम लिन ६८ हजार बढीको आवेदन

1 मिनेट

जेठ २, काठमाण्डौ ।

काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको निःशुल्क सीप तालिम लिन ६८ हजार आठ सय ६६ जनाले आवेदन दिएका छन् । त्यसमध्ये टुँडिखेलमा चलिरहको सीप मेलाका लागि मात्रै ४३ हजार ५८ जनाले आवेदन दिएका महानगरले जनाएको छ ।

दुई हजार ८१ जनालाई तालिमसँगै रोजगारी दिने लक्ष्यसहित गएको वैशाख १९ गतेदेखि शुरु भएको मेलामा निःशुल्क तालिम लिन इच्छुकका लागि महानगरले आवेदन आह्वान गरेको थियो । टुँडिखेलमा चलिरहेको सीप मेलामा विभिन्न १० क्षेत्रका ३० वटा विधामा सीप तालिम भइरहेको छ ।

महानगर गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार जनालाई निःशुल्क तालिम दिने र तालिम लिएकामध्ये पाँच हजार जनालाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने लक्ष्य रहेको शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।