
भक्तपुर, ८ असार :आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानले प्रकाशन गरेको ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण गरिएको छ ।
आज भक्तपुरमा आयोजित कार्यक्रममा संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङ्गलगायत समीक्षक र लेखकहरुले संयुक्त रुपमा लोकार्पण गर्नुभयो । कार्यक्रममा प्राज्ञ डा. गुरुङ्गले पुस्तकले धर्म, संस्कृति, परम्परा र संघर्षलाई उजागर गरेको चर्चा गर्नुभयो ।
बिभिन्न लेखकले उहाँप्रति गरेको श्रद्धाभावले उहााप्रतिको योगदानको उच्च मूल्यांकन गरेको भन्दै भीमप्रसाद गौतम बहुआयामिक वयक्तित्वलाई पुस्तकले झल्काएको बताउनुभयो ।
त्यसबेलाको संघर्ष, संस्कृतिको संरक्षण र संस्कारलाई आम्मासात गर्दै बिघत व्यक्तिको रुपमा पहिचान बनाउनु भएको भीमप्रसाद गौतमको सम्पूर्ण जीवनको अनेकौ आयामहरुलाई पुस्तकले उजागर गरेको भनदै उहाँले पुस्तकले धेरै प्ररणा दिने बताउनुभयो ।
कार्यक्रममा पुस्तकका समिक्षक वरिष्ट पत्रकार पुरुषोत्तम दाहालले पुस्तकको अध्ययन सकिदा सिंगो भोजपुरलाई बुझ्न सकिने बताउनुभयो । उहाँले त्यसबेलाको संघर्ष, रहन सहन, संस्कृतिलगायत जीवन शैलीलाई पुस्तककले उजागर गरेको भन्दै पुस्तकले धेरै उर्जा दिने चर्चा गर्नुभयो ।
अर्का समिक्षक प्रा.डा.नन्दीसकुमार अधिकारीले वेदविद्धता एवं शिक्षक भीमप्रसाद गौतमले समाज विकासदेखि समाजलाई अगाडि बढाउन खेलेको भूमिकालाई पुस्तकले ताजा गरिदिएको बताउनुभयो । उहाँले आवाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानले अहिलसम्म बिभिन्न १२ वटा पुस्तक प्रकाशित गरेको भन्दै यसले छात्रबृत्ति गायतका बिभिन्न कोष खडा गरेर कार्य गरिरहेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति प्राध्यापक चेतोनाथ गौतम, प्रतिष्ठानका सचिव ब्रदीप्रसाद भट्टराईले पुस्तक जीवन उपयोगी भएको र यसले परिवर्तनको सन्देश प्रवाह गरेको बताउनुभयो । पुस्तकमा राससका वरिष्ट सम्पादक शरदचन्द्र भण्डारीलगायत बिभिन्न व्यक्तित्वले लेख्नु भएको लेख समेटिएको पुस्तकले त्यसबेला र अहिलेको समयको परिवेशलाई प्रष्ट्याएको छ