हामीसँग जोडिनुहोस

आस्था महिला विद्यालयमा स्वास्थ्य शिविरबाट २४० जना लाभान्वित, ३८ जना दाताले गरे रक्तदान

2 मिनेट

भक्तपुर, २१ असार । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आज आयोजना भएको स्वास्थ्य शिविरमा २४० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ भक्तपुर निलकण्ठेश्वरले संयुक्त रुपमा आयोजना गरेको उक्त शिविरबाट ३८ जना दाताले रक्तदान गर्नु भएको विद्यालयकी प्रधानाध्यापक बिना देउजाले जानकारी दिनुभयो ।

शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच, रोकथाम तथा स्त्रीरोग सम्बन्धी सम्पूणर् परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गरिएको देउजाले जानकारी दिइन् । त्यस्तै, शिविरमा निःशुल्क आँखा जाँच र सुगर परीक्षणसमेत गरिएको उनले बताइन् ।

शिविरमा उपचार गरिएका बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको प्रधानाध्यापक देउजाले बताउनुभयो । ईसीजी, ईको, यूएसजी, एक्सरे लगायतका सेवामा भने २० प्रतिशत छुट दिइएको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुरथिमि नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णहरि आचार्यले महिला आस्था विद्यालय मध्यपुरथिमि नगरपालिकाका सान भएको बताउनु भयो ।

उहााले यस विद्यालयका लागि स्थायी भवन आवश्यकता रहेको महसुस गरेको बताउदै हनुमन्ते नदिको चारदोबाटोदेखि कौशल्टारसम्मम रोकिएको क्षेत्रमा करिडोर निर्माण सम्पन्न भएसंगै उक्त क्षेत्रमा निस्कने सार्वजनिक जग्गामा आफैले एक वर्ष भित्र बिद्यालयको भवन निर्माण गर्ने प्रतिबद्धता व्यउक्त गर्नुभयो ।
उहाँले रोकिएको हनुमन्ते करिडोर निर्माण छिटो सम्पन्न गर्न राजनीतिक दल, सरोकारवाला सिनकाय, पत्रकार र बौद्धिक वर्गलाई सहयोगका लागि आव्हान समेत गर्नुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष जुना बस्नेत, प्रधानाध्यापक बिना देउजाले महिशलाहरुको आकर्षण विद्यालयमा बढेको भन्दै २६ जना महिलाबाट कक्षा सुरु भएको विद्यालयमा अहिले १८० जना महिला विद्यार्थीहरुले शिक्षा लिईरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष बचन देउजा, प्याब्सन मध्यपुर नगर समितिका अध्यक्ष निलेष आचार्य, नागरिक अस्पताका निर्देशक श्रीभक्त कासिछ्वा, राष्ट्रका लागि दुई घण्टे अभियानका संयोक मधु आचार्य, नरेश रंजित, नेपाल रेडक्र सोसाईटी बालकोट शाखाका चन्द्र श्रेष्ठलगायत बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।