हामीसँग जोडिनुहोस

महानिर्देशक र कर्मचारीको टसल, यातायात कार्यालयमा चारदिनदेखि सेवा प्रभावित

3 मिनेट
भक्तपुर, ८ साउन । काभ्रेपलाञ्चोकको साँगाबाट कल्पना कार्की बिहान ७ बजे यातायात व्यबस्था कार्यालय भक्तपुरमा आइपुग्नु भयो । विगत तीनदिनदेखि कार्यालयमा धाउनु भएकी उहाँले आज पनि सेवा नपाई फर्कनु पर्यो ।
केही दिनयता सर्भरमा समस्या आएको भन्दै देशभरका यातायात कार्यालयहरूमा सेवा प्रवाह रोकिए पछि सेवाग्राहीहरु निकै प्रभावित बनेका छन् । ती मध्येकी  कल्पना एक उदाहरणको पात्र मात्रै हुन् । यातायातमा सेवा लिन बिहानैदेखि दैनिक भीड लाग्ने र सेवा नपाएर फकृनेहरुको गुनासो दैनिक सुन्न सकिन्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग, केन्द्रीय डाटा सेन्टरमा समस्या आएको भन्दै गत आइतबारदेखि नै सेवा प्रभावित बन्दै आएको छ ।
यातायात व्यबस्था बिभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यहाँका प्राबिधिक कर्मचारीहरुको टसल र आर्थिक मामिलाका कारण सर्वर डाउनमा समस्या आएको विभागका एक कर्मचारीको दाबी छ । महानिर्देशक र केही कर्मचारीबीच आर्थिक मामिलामा कुरा नमिलेपछि सर्वर डाउनको समस्या सृजना गरिएको ती कर्मचारीको दाबी छ ।
यद्यपी संघीय यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले प्राबिधिक समस्याको कारण सर्वर डाउन भएको दाबी गर्नुभयो । उहाँले प्राविधिकहरू खटाएर समस्याको समाधान गराउने प्रयास गरिरहेको बताउदै आज सर्वर चले पनि स्लो भएको गुनासो आइरहेको बताउनुभयो । उहाँलाई आर्थिक चलखेलका लागि समस्या सृजना गराईएको गुनासो आयरहेको भन्नेबारेमा जानकारी लिन खोज्दा त्यो सरासर गलत भएको दाबी गर्नुभयो ।
महानिर्देशक रिजालले भन्नुभयो, “म आर्थिक लेनदेनको मामिलामा अगाडि छैन, यसबारेमा मलाई थाहा छैन । प्राबिधिक समस्या भएकाले यसै भएको भन्न मैले सक्दिन । मलाई प्राबिधिक भाषा बुझ्न गाह्रो पनि छ । बाहिरबाट थप बिज्ञ प्राबिधिक ल्याएर भएपनि समस्याको दीर्घकालिन समाधान गर्ने प्रयास भइरहेको छ ।”
उउहाँले प्राबिधिकलाई समस्या समाधान गर्न लगाएको बताउदे प्राबिधिकबाट डाटा धेरै भएर समस्या आयो भन्ने जानकारी पाएको र सर्भरमा डाटा क्रयास भएको भन्ने प्राबिधिकको जानकारी अनुसार त्यसलाई सफा गर्ने काम भइरहेको बताउनुभयो । विभागका एक कर्मचारीले भनेसर्वर डाउनको बाहनामा कमाउ धन्दा चलाउन खोजेको आरोप नै लगाए ।
यातायात व्यबस्था कार्यालय भक्तपुरका प्रमुख दण्डबहादुर बस्नेतले भन्नुभयो, “गत आइतबारदेखिनै सर्वरमा समस्या आएको बताउनुभयो । आइतबारदेखि बुधबारसम्म सर्वर कहिले आउने र कहिले जाने भएको थियो, आउँदा पनि निकै स्लो थियो तर बिहिबारदेखि सोमबारसम्म बन्द नै भयो, आज चलेपनि कहिले जाने कहिले आउने भएको छ, निकै स्लो छ ।”
उहाँले सर्वरमा समस्या आएको भनेपछि भक्तपुर मात्रै नभई देशभरका यातायात कार्यालयहरूको दैनिक काम कारबाही प्रभावित हुन पुगेको बताउनुभयो ।
यातायात कार्यालय अन्तर्गतको सम्पूर्ण डाटा तथा अनलाइन सिस्टम आन्तरिक रूपमा नै विभागले ह्याण्डिल गर्दै आएकाले के कारणले यस्ता समस्या आइरहन्छन्, किन यस्ता समस्या आउन नदिन विभाग गम्भिर भएर काम गर्दैन, यसबारेमा हामीलाई जानकारी नहुने उहाँले बताउनुभयो ।
सर्वर डाउन भनेर सूचना टाँस्ने बित्तिकै सेवाग्राहीको आक्रोसलाई थेग्नै नसक्ने बताउदै उहाँले कार्यव्यस्तादेखि बिदा लिएर आउने सेवाग्राहीलाई निकै समस्या परेको गुनासो आएको बताउनुहुन्छ ।
कार्यालय प्रमुख बस्नेत भन्नुहन्छ, “सर्वर डाउन भनेर माथिबाट निर्देशन आएपछि कार्यालयले सेवा प्रवाह नहुने सूचचना टाँस्नु पर्छ, बिहानैदेखि आउने सेवाग्राहीहरु मारमा पर्छन्, सूचना टाँस्ने बित्तिकै सेवाग्राहीको आक्रोस र कहिलेकाहीको नाराबाजीलाई थेग्न निकै गाह्रो हुन्छ, के गर्नु हाम्रो हातको काम होइन ।”
नयाँ सवारी चालक अनुमति पत्र, पुरानो नविकरण, रिट्रायललगायतका सेवाग्राही गरि दैनिक १५०० सेवाग्राही भक्तपुरमा आउने गरेको बताउदै उहाँले सवैर चलेमा कर्मचारीले खाजासमेत नखाइ काम गर्ने गरेको बताउनुहुन्छ । सर्वर डाउन हुँदा सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षासमेत प्रभावित हुने गरेको छ । यसले सेवाग्राहीमा थप भीड बनाएको र झण्झट व्यहोर्नु परेको छ ।
कार्यालय प्रमुख बस्नेत भन्नुहुन्छ, “सर्वर डाउन भनेर काम रोकिने बित्तिकै धेरै काम प्रभावित हुन्छ, यसले लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) मा समेत समस्या आएको छ, आइतबारको परीक्षालाई बिहिबार, सोमबारकोलाई शुक्रबार गर्दै पछाडि धकेल्दा सेवा खप्टिदै गएको छ ।”
सेवा लिन आएका सेवाग्राही भने सर्वर डाउन भनेर विभागका कर्मचारीले आर्थिक चलखेलको बाटो बनाएको आरोप लगाउँछन् । भक्तपुरका सेवाग्राही रामशरण महतले तीनदिनदेखि आफू धाउदा पनि सेवा नपाएको बताउदै सर्वर डाउनको कारण देखाउदै अपरिचित बिचौलियाले लाइनमै आएर पैसा माग्ने गरेको गुनासो सुनाउनुभयो ।
सर्वर खेलेको दिन हुने अत्याधिक भीडको फाइदा उठाउदै सेवा छिटो गराईदिनेदेखि लिखित र प्रयोगात्मक परीक्षामा उतीर्ण गराईदिने प्रलोभनमा पार्दै लाइनमै बिचौलिया मोलमोलाई गर्न आउने गरेको गुनासो गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।