
काभ्रे, श्रावण २३ : काभ्रेमा करेन्ट लागेर १ जनाको ज्यान गएको छ । जिल्लाको बनेपा नगरपालिका १ टुकुचा नालाका स्थानीय रिमाल श्रेष्ठका ४१ महीनाका छोरा रिदेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान ९ बजे तिर घरमै पानी तान्ने मेसिनको तार समाउदै खेल्दै गरेका बालकको उपचारका लागि बनेपा ल्याउनेक्रममा मृत्यु भएको हो ।
मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भै–रहेको छ ।