भक्तपुर, १२ असोज ः अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुवानमा परेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्तीहरु डुवानमा पर्दा करोडौको क्षति भएको छ ।
मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्र पूणर् रुपमा डुबानमा परेको छ । कमेरोटार जग्गा एकिकरण आयोजनाले हालेको सानो ढलमा नगरपालिकाले सिन्टिटार, बोडे, निकासेरन, बाहखाबजारलगायतको ढल मिसाईदिए पछि ढल फुटेर बस्तीमा पसेको थियो ।
आज बिहान ७ बजेपछि हनुमन्ते खोलाको बहाब करिडोर पार गरेर बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्रको वडा नं. ५ संगम कोलोनी, वडा नं. ९ को राधेराधे क्षेत्र पूणर् रुपमा डुबानमा परेको छ ।
यहाँका करिब ५०० घरभित्र पानी पसेर सयौ परिवार विस्थापित भएका छन् भने भुईतलाका सम्पूणर् सामानहरु डुबेर क्षति पुर्याएको छ । सयौं पसल भित्र सात फिटसम्म पानी पर्दा करोडौको सामानहरु क्षति पुगेको छ । राधेराधेबाट भाटभटेनी क्षेत्र राधेराधे निकोसेरा सडक क्षेत्रमा पाँचफिट उचाईसम्म पानी पुगेपछि यातायात अबरुद्ध भएका छन् भने व्यापारिक निकाय ठप्प भएका छन् ।
बिहान ८ बजे आएको शसस्त्र प्रहरीको टोलीले राधेराधे क्षेत्रमा उद्धार कार्य जारी राखेको छ । यस क्षेत्रमा रहेका करिब १०० घर परिवार सुरक्षित स्थानमा सरेका छन् भने कतिपय आफन्तकोमा र कतिपय होटलमा गएको स्थानीय प्रदीप कार्कीले जानकारी दिनुभयो । यहाँको अबस्था भयाभव भएको छ ।
मध्यपुरथिमिकै मनोहरा खोला र हनुमन्ते खोलाका आएको बाढीका कारण मनोहरा बस्ती पूणर् रुपमा डुबानमा परेको छ । जडिबुटीस्थित सुकुम्वासी बस्ती पूणर् रुपमा डुबानमा परेको छभने जडिबुटी आँखा अस्पताल क्षेत्रको बस्ती समेत डुबानमा परेको छ ।
त्यस्तै भक्तपुरको हनुमन्ते खोलाले ग्याँसको बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्याँस लिक भएर चुहिँदै बुलेट बगेको पछि स्थानीयहरु त्रसित बनेका छन् ।
वर्षाका कारण भनपा-६ भीमसेनस्थानमा रहेको सिद्धिस्मृति अस्पतालमा पानी पस्दा सबै सेवा नै बन्द भएको छ । भक्तपुरको सिद्वीस्मृति अस्पताल डुवानमा परेपछि बिरामीलाई उद्वार गरि अन्यत्र अस्पताल पठाउन नेपाली सेना सहितको सुरक्षा टोली बोटसहित परिचालन गरिएको छ । इवामुरा अस्पतालमा पनि पानी पसेर आकस्मिक लगायतका सेवाहरु प्रभावित भएका छन् ।
भक्तपुरको सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रुपमा डुबानमा परेका छन् । त्यहाँका विद्यालय, व्यापारिक केन्द्र र बस्तीहरु डुबानमा पर्दा लाखौको क्षति भएको छ ।
त्यस्तै सूर्यविनायक क्षेत्रको सूर्यविनायक वडा नं. २ स्थित गोदावरी खोला किनारका बस्ती र घरमा पानी पस्दा भक्तपुरको बालकोट र ललितपुर महालक्ष्मी नगरपालिकाको सिमानाका क्षेत्रहरु पूणर् रुपमा डुबानमा परेका छन् । त्यस क्षेत्रका पशुपक्षी बगाएको छ ।
सूर्यविनायक -१० को भंगालमा गणेश दुलाल र भरत दुलालको घर पहिरोले पुरिएर चौपाया समेत पुरिएपछि मानवीय क्षति रोक्न प्रहरीको उद्धार टोली पुगेको छ । भक्तपुरको पलांसे नजिकै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
सूर्यविनायक नगरपालिका-५ गडेधारा टोलमा स्थानीय घट्टेखोला पस्दा ४० घर पुबानमा परेको छन् । एक महिना अगाडि परेको वर्षाका कारण पनि डुबानमा परेर लाखौको क्षति भएको यस क्षेत्रमा राती १ बजेदेखि डुबानमा परेर स्थानीयले घर छाडेर आफन्तको पुगेका छन् । यस क्षेत्रमा लाखौको क्षति भएको स्थानीयवासी एवं गैरसरकारी संस्था महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले जानकारी दिनुभयो ।
मोर्डन चोकमा घट्टेखोलाको पानी पसेर अधिकारी टोलमा र हिनचोक टोलमा लगभग ३० घर डूबनामा परेको छ । दधिकोट तर्खगाल स्थित नांग्गे पाखाबाट पहिरो आउँदा थिमि, गाम्चा र तर्खगालको सडक अबरुद्ध भएको छ ।
हनुमन्ते खोलाको बाढी पसेर मथिनपा ३ चारदोवाटोमा रहेको अन्नपुणर् तरकारी बजार र मथिनपा ३ कौशल्टारमा रहेको सागबारी टोल डुबानमा परेको छ ।
सुनपा-२ कौशलटारबाट बालकोट जाने बाटोमा फर्निचर कारखानामा नौ जना मानिस फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको टोलीले उद्दार गरेको छ । उद्धारमा नेपाली सना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली जिल्लभरि खटिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै बालकोट नयाँ बस्ती, हनुमन्ते खोला आसपासका बस्ती पूणर् रुपमा डुबानमा परेका छने । कतिपय भुईतलाका मानिसहरु उद्धारको पर्खाइमा छन् ।
बर्षाको कारण चाँगुनारायण नगरपालिका-६ नगरकोट बाख्री गाउँमा तेलकोट देखि बाख्री गाउँहुदै नगरकोट जाने बाटोमा पहिरो जादा हरिगुरु मार्ग पुणर् रुपले अबरुद्ध भएको । भक्तपुर नगरकोट सडक समेत पहिरोले अबरुद्ध भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले धेरै ठाउँ डुबानमा परेको र पहिरो गएको जानकारी आइरहेकाले सुरक्षाका सबै निकाय पचिालन गरि उद्धारका खटिएको जानकारी दिदै क्षतिको विवरण पनि संकलन कार्य जारी रहेको बताउनुभयो ।
अविरल वर्षाका कारण आज भक्तपुरको सूर्यविनायक नगरपालिका-९ पलाँसे र वडा नं. ८ नैचालमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको हो । पलाँसेस्थित मगरगाउँमा
पहिरोले जस्ताको टहरा पुरिँदा कालिकोट सानी त्रिवेणी नगरपालिका-१ घरभई हाल सूर्यविनायक-९ पलाँसे बस्ने गणेश बमको एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
पहिरोमा एकाघरका बमकी ९ महिनाकी गर्भवती श्रीमती २४ वर्षीया दमिला शाही, बमकी ४ वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको छ ।त्यसैगरी सूर्यविनायक नगरपालिका-९ नैचाल पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको मृत्यु भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।
त्यस्तै बालकोट गोदाबरी खोलाले बगाएको ३९ वर्षीया लालु सरदार र गुण्डु बस्ने ४१ वर्षीया सानु तामाङ्गलई गुण्डुस्थित धोवी खोलाले बगाउँदा उद्धार गरि उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक मोहनीमणि अधिकारीले जानकारी दिनुभयो । उहाँले कौशल्टार हनुमन्ते खोलाका जोखिममा रहेका बस्तीका १३० जनालाई उद्धार गरि स्थानीय जनप्रेमी स्कुलमा राखिएको छ भने भक्तपुरका बिभिन्न स्थानको र पहिरोको जोखिममा रहेका २० महिला र २१ पुरुष, बालबालिका गरि ५६ जना गरि कूल १८६ को सकुशल उद्धार गरिएको सहायक प्रजिअ निरौलाले जानकारी दिनुभयो । भक्तपुरको जगाती आदर्शस्थित सिद्धि स्मृति अस्पतालमा उपचाररत दुई जनाको उद्धार गरी भक्तपुर अस्पताल लगिएको छ ।
जिल्लामा विपदका घटनामा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ३५० जना, सशसत्र प्रहरी बलका १७१ र नेपाली सेनाका ११७ जना सुरक्षाकर्मी परिचालनन गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले वर्षाका कारण डुवान, बाढी पहिरोको जोखिम थप बढेकोले अति आवश्यक काममा बाहेक घरबाट ननिस्कन र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । बाढीको अवलोकन गर्ने क्रममा उहाँले सबै पुलहरु उच्च जोखिममा परेकाले नदिका पुलहरुमा नबस्न पनि आव्हान गर्नुभयो ।
जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत खोज तथा उद्धार, राहत सामग्री वितरण लगायतका कार्यमा नेपाल रेडक्रस सोसाईटी भक्तपुरका करिव एक हजार स्वयम् सेवक परिचालन गरिएको पनि प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो ।
रेडक्रसले २० परिवारलाई राहत वितरण गरेको रेडक्रसका जिल्ला सभापति परशुराम पाण्डेले जानकारी दिनुभयो । उहाँका सूर्यविनायक नगरपालिकाको वडा १, ४, ५ र ८ मा गैरखाद्य सामग्री वितरण गरिएको गर्नुका साथै लत्ताकपडा, खाना पकाउने भाँडा वर्तन, ओढ्ने मण्डी, त्रिपाल, प्लाष्टिकको बाल्टिनलगायतका सामग्री वितरण गरेको जानकारी दिनुभयो । चाँगुनारायणका विभिन्न वडामा त्रिपाल र पोहिरो रोक्न प्लाष्टिक वितरण गरिएको पाण्डेले जानकारी दिनुभयो ।
अविरल वर्षाले भक्तपुरको हनुमन्ते र खस्याङखुसुङ लगायतका खोलामा आएको बाढीका सडक र बस्तीमा पसेपछि भक्तपुरको जगाती च्यामासिंह सडक, भक्तपुरको मूख्य सडक अरनिको राजमार्ग र सल्लाघारी पेप्सीकोला, बालकोट सडक, राधेराधे निकोसेरा सडक अवरुद्ध भएका छन् । पानीको बहाब घटेपछि ११ बजेदेखि खबरुद्ध यी सडकहरु अलिे सूचारु हुन थालेका छन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुरोधमा उद्योग वाणिज्य संघले १० बोरा चामल, नुन, तेल र दाल ाहतका लागि उपलब्ध गराएको हो । उक्त सामग्री तत्काल पिडितलाई वितरण गरिने सहायक प्रजिअ निरौलाले बताउनुभयो
वर्षाका कारण भक्तपुरमा सिद्धि स्मृति अस्पताल, इवामुरा अस्पताल, शान्ति निकेतन माध्यमिक विद्यालय, तारा माध्यमिक विद्यालय, ग्लिटर फ्युचर स्कुल, राम मन्दिर, हनुमान घाट, जामे मस्दिज, बाराही क्षेत्र, राधेराधे, कमेराटार संगम कोलोनी क्षेत्र, बालकोट, हनुमन्त, गोदावरी र मनोहरा खोला निकाराका बस्ती, गडेधारा बस्तीलगायत १००० भन्दा बढी घर, पसल तथा व्यापारिक केन्द्रहरु लगायत जिल्लाका १६ वटा बस्तूहरु डुबानमा परेका छन् ।
डुबानमा पसेका अधिकांश घरका भुईतलामा ८ फिटसम्म उचाईमा पानी र हिलो पसेपछि खाद्यान्न, लत्ता कपडा, टिभि, फ्रिज, ओछ्यान तथा व्यापारिक केन्द्र एवं पसलहरु भित्र पानी पस्दा सामग्री डुबेर करोडौको क्षति पुगेको छ । एक तला घर हुनेहरु आफन्त र होटलमा पुगेका छन् भने अन्य माथिल्लो तलामा छिमेकीकोमा सहायता माग्न पुगेका छन् ।
गाई फार्महरु र बंगुर फार्महरु डुबान र पहिरोमा पर्दा कतिपय बगाएको छभने कतिपय पहिरोले पुरिएका छन् । कति पशु चौपाया मरे भन्ने किन तथ्यांक नआए पछि ५० भन्दा बढी मरेको अनुमान गरेको छ ।