१२ असोज, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले महाधिवेशनको स्थान तय गरेको हो । असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा राष्ट्रिय भेलाको समीक्षा समेत भएको छ ।