हामीसँग जोडिनुहोस

आस्थाको धरोहर बन्दै संगमेश्वर महादेव, नयाँ कार्यसमिति चयन 

3 मिनेट
भक्तपुर, १४ पुस : मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी, कमेरोटार राधेराधेस्थित श्री संगमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाको १० औं साधारणसभाले मोहनबर सिंह प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा शिवप्रसाद वाग्ले, सचिवमा कृष्णहरि देवकोटा, कोषाध्यक्षमा सुनिल ढकाल र सहसचिवमा श्याममणि आचार्यलाई आगामी कार्यकालका लागि चयन गरेको हो । साधारणसभाले संस्थाका सदस्यहरुमा केदारप्रसाद श्रेष्ठ, अर्जुन कार्की, रमा सुवेदी पोखरेल, अर्चना झा, श्रीरञ्जन नेपाल र गीता थपलियालाई चयन गरेको छ ।
कार्यक्रममा गुरु प्रल्हादराज शास्त्रीले यस मन्दिरमा नियमित भजन गर्ने एादशी भजन समूहलाई सम्मान गर्दै धार्मिक सहिष्णुतालाई यस संस्थाले कायम गर्दै आएको चर्चा गर्नुभयो ।
कमरोटार संयोजन समाजका संयोजक इन्द्रप्रसाद श्रेष्ठले कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्र भित्र पर्ने यस मन्दिरको मात्रै नभई यहाँका सडक, खानेपानी, सडक बत्तिको व्यबस्थाका लागि आयोजना र नगरपालिकाले चासो दिनुपर्ने बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिका वडा नं. ५ र ९ का संगम कोलानी, राधेराधे, निकोसेरालगायतका बासिन्दाका आस्थाको धरोहर बन्दै आएको मन्दिर २०७४ साालमा लगाएको महायज्ञबाट संकलित रकम, दाता र स्थानीयवाीको आजिवन सदस्यता, वार्षिक दानलगायतबाट सञ्चालन हुदै आएको अध्यक्ष प्रधानले बताउनुभयो ।
अध्यक्ष प्रधानले भन्नुभयो, “मन्दिर निर्माणलाई पूर्णता दिन २०७४ सालमा महायज्ञ लगायौँ, महायज्ञबाट करिब रु. ४१ लाख रुपैया जोगायौँ, तत्कालिन भक्तपुर २ नं. क्षेत्रका सांसद महेश बस्नेतले सांसद कोषबाट रु. पाँच लाख हालिदिनु भयो, मध्यपुरथिमि नगरपालिकाले दुई पटक गरेर रु. १८ लाख दियो, स्थानीय दाताहरुबाट धेरै रकम संकलन भयो, यसपछि मन्दिर सत्तललगायतका सुन्दर संरचना निर्माणलाई पूर्णता दिदै हाल स्थानीयले मन्दिरको बिकासमा टेवा पुर्याउदै आउनु भएको छ ।”
पाँच आना क्षेत्रफलमा परम्परागत शैलीमा सत्तल, शिवको आकर्षक मन्दिर निर्माण गर्नुका साथै मन्दिरमा तामा र पित्तलको छानो हाल्ने कार्य, सत्तलमा काठको आकर्षक झ्याल हाल्ने, मन्दिरमा पर्खाल र फलामको बार, गेट हालेर सुरक्षित गर्ने, मन्दिर भित्र अन्य देवताका मूर्ति स्थापना गर्ने कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष प्रधानले भन्नुभयो, “यस क्षेत्रमा कुन महादेवको मन्दिर बनाउने भन्ने छलफलमा मैले नै संगम कोलोनीमा संगमेश्वर महादेव मन्दिर बनाउने प्रस्ताव गरेँ, सबैको समर्थन भयो, त्यसपछि नवराज कसपालको संयोजकत्वमा तीन सदस्यीय मन्दिर निर्माण कमिटी गठन गरियो, मन्दिर, सत्तललगायतका निर्माणको क्रममा रु. एक करोड ५० लाख भन्दा बढी खर्च भएको छ ।”
स्थानीय अग्रज संस्थाका रुपमा रहेको आडाम्स् थिमिका अध्यक्ष एकराज भण्डारीले यहाँको सार्वजनिक जग्गामा महादेव मन्दिर निर्माण गर्न २०६० पछाडी यहाँको पुरानो बस्ती आडाम्स् थिमिले नेतृत्व गरेर मन्दिर निर्माण कार्य अगाडि बढेको बताउनुभयो । संंस्थाले मन्दिरमा नित्य पूजा गर्न, रेखदेख गर्ने, दैनिक नित्य पूजा तथा आरती गर्नका लागि पूजारी समेत नियुक्त गरेको र अहिले हरेक सोमबार साँझ ६ बजेबाट भजन र साँझ ७ बजे विशेष आरती हुने गरेको बताउनुभयो ।
संगम कोलोनीका स्थानीयवासी परशुराम कार्की उहाँ भन्नुहुन्छ, “तराई, पहाड, हिमाल तीनै भेगका ७७ जिल्लाका मानिसहरु यहाँ बस्ने भएपछि बस्ती पनि निकै बाक्लो भएको छ । यहाँ सबैको धार्मिक कार्यहरु गर्ने, साउनको सोमबार, महाशिवरात्री, जनैपूर्णिमा, अक्षय तृतीया, तीज, एकादशी लगायतका विभिन्न तिथि एवं पर्वहरुमा अचेल मेलानै लाग्ने गरेको छ , मन्दिरमा आरतीसमेत सुरु भएको छ ।”
मन्दिरमा मात्रै होईन देशका बिभिन्न जिल्लाबाट बसाई सरेर आएका संगम कोलोनीका बासिन्दाबीच एकताको सुत्रमा बाध्ये कार्य यस संस्थाले गरेको स्थानीय ठाकुरमणि दाहाल बताउनु हुन्छ । तराई, पहाड र हिमाली भेगबाट आएका सबै जातजाति, भाषा, धर्म, संस्कृतिबीच यहाँ एकता बनाउने कार्य संस्थाले अग्रणी भूकिा निर्वाह गर्दै आएको उहाँ बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।