तेस्रो जगत् स्मृति कप ब्याटमिन्टन प्रतियोगिता सम्पन्न,
भक्तपुर । भक्तपुरमा तेस्रो जगत् स्मृति कप ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । दुवाकोट सिटी ब्याङ्क्वेटको आयोजनामा तीन दिनसम्म चलेको प्रतियोगिता आज सम्पन्न भएको हो ।
आयोजक काली चरण कार्कीका अनुसार, भेट्रान, मेन्स डबल र लेडिज सिङ्गल गरी तीन समूहमा खेलाइएको खेलमा कुल ८० टोलीका एक सय ५० जना खेलाडीको सहभागिता रहेको थियो । विभिन्न चरण पार गर्दै खेलहरुमा पहिलो, दोस्रो र तेस्रो भएका टोलीलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पुरस्कार, मेडल र सिल्डसहित सम्मान गरेका छन् ।
खेलमा भेट्रान तर्फ पूर्णहरी होना र धिरज बहादुर चन्द प्रथम भएका छन् । त्यस्तै, मेन्स डबलतर्फ महेश भट्टराई र तेज बहादुर कार्की प्रथम हुँदा महिला एकलतर्फ भने स्वर्लिन श्रेष्ठले उपाधि हात पारिन् ।
भेट्रान तर्फका पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार नगद पुरस्कारसँगै शिल्ड र मेडल प्रदान गरिएको थियो । त्यस्तै, मेल डबलका विजेता, फस्ट रनर अप र सेकेण्ड रनरअपलाई क्रमशः २० हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसँगै शिल्ड र मेडल प्रदान गरिएको थियो । साथै, महिला खेलाडीहरुलाई भने शिल्ड र मेडल मात्र प्रदान गरिएको थियो ।
को–को भए पुरस्कृत ?
भेट्रानतर्फ
प्रथम पूर्णहरी होना र धिरज बहादुर चन्द
दोस्रो सुरेन्द्र लामा र विष्णु नारायण श्रेष्ठ
तेस्रो दिपक बस्नेत र युवराज श्रेष्ठ साथै केशव कार्की र देन लामा
मेन्स डबलतर्फ
प्रथम महेश भट्टराई र तेज बहादुर कार्की
दोस्रो झविन्द्र राउत र विक्रम निरौला
तेस्रो प्रेम तामाङ र दिपक खत्री साथै अनिश गुरुङ संयोग बस्नेत
महिलातर्फ
प्रथम स्वर्लिन श्रेष्ठ
दोस्रो सरुशा थापा मगर
तेस्रो टासी शेर्पा र सोमा गुरुङ