काठमाडौं, पुस २० गते ।
विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ।
महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरे।
महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पु¥याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ।
हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पु¥याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको हो।
त्यसअवसरमा महासङ्घका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।