हामीसँग जोडिनुहोस

माओवादीको बैठकमा आजदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

0 मिनेट

काठमाडौं,२२ पुष।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु हुँदैछ।

धुम्बाराहीस्थित एक ब्याङक्वेटमा जारी बैठकको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरु हुने नेता हितबहादुर तामाङले जानकारी दिए।

बैठक बिहान ११ बजे शुरु हुनेछ । पहिलो दिनको बैठकको शुुरुमा ७ भूगोल ३ गैर भूगोल गरी ११ प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले समसमायिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत विषय समिटिएको ३० पृष्टको प्रतिवेदन पेश गरेका थिए।

माओवादी केन्द्रको बैठक २४ गते बुधबार सक्ने तयारी छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।