हामीसँग जोडिनुहोस

सरकार कृषिमा देशलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ : नमकिपा के.सचिव एवं सांसद सुवाल

भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं वार्षिक साधारणसभा

3 मिनेट
भक्तपुर, २४ पुस : नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सघीय सांसद प्रेम सुवालले सरकारले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरि कृषि क्षेत्रको विबकालाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको छ ।
आज भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं वार्षिक साधारणसभाको उदघाटन गर्दै उहाँले कृषि प्रधान देशमा चामल नै भारतमा निर्भर हुनुपर्नु अबस्थाको अन्त्य हुन पर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, “सरकारले कमसेकम खाद्यान्नमा मात्रै भएपनि देशलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ । भारतले दाल चामल पठाएन भने खाद्यान्नको अभाव हुने अबस्थाको अब अन्त्य हुनुपर्छ ।”
पछिल्लो समय गाउँ छाडेर शहरमा बसाई सर्न प्रबृत्ति डरलाग्दो भएको भन्दै उहाँले एउटा जिल्लाबाट अर्काे जिल्लामा बसाइसराई नगरी आफनै जिल्लामा मात्रै बसाइसराई गर्न पाउने व्यबस्था हुनु सरकारले लगु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँं धौबञ्जाले आर्थिक विकासको प्रमुख आधारमध्येको एक कृषिको व्यवसायिक विकासमा लाग्नु पर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, पूर्वअध्यक्ष एवं सल्लाहकार कष्णप्रसाद ताम्राकारलगायतले मुलुकको आर्थिक उन्नतिका लागि उद्योग व्यवसाय क्षेत्रको प्रवद्र्धनमा सरकार लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट निर्यातकर्ताहरु (भारततर्फ) का श्री रिजन एण्ड श्रीजन पस्मिना प्रथम, श्री सिद्धि गणेश तरकारी तथा प्रशोधन दोस्रो तथा तेस्रो मुलकतर्फ उत्कृष्ट निर्यातकर्ता श्री प्रधानांग एपेरियल्स इन्डष्ट्रिज प्रालि प्रथम, श्री नेपाल ह्याण्ड निट दोश्रो, श्री हिमालयन बायो ट्रेड प्रा.लि.तेस्रोलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघल प्रकाशन गरेको बुलेटिनको सार्वजनिक गरिएको थियो ।
त्यस्तै संघका सदस्य विनोदचरण रायबाट स्थापना भएको कला संस्कृति विकास कोषबाट भक्तपुरको गणेश दाफा भजन र खेलकुद क्षेत्रको विकासको लागि अध्यक्ष रोशनीमैयाँ धौबन्जाबाट स्थापना भएको खेलकुद विकास कोषबाट पलेसा गोवर्धन (पारा तेक्वान्दो), सनम मुलगुठी (शारीरिक सुगठन)लाई सम्मान गरिएको संघका महासचिव नविन प्रजापतिले जानकारी दिनुभयो ।

छात्रबृत्ति प्रदान :

कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्न पूर्वअध्यक्ष एवं सल्लाहकार युवक राजभण्डारीबाट स्थापना भएको जनकदेवी राजभण्डारी छात्रवृत्ति कोषबाट यसवर्ष शान्ति निकेतन मा.वि मा अध्ययनरत विनिता माझी कक्षा ६, अञ्जली तामाङ कक्षा ७, सञ्जिता चौधरी कक्षा ८, भीम आदर्श आधारभूत विद्यालयका रेणु यादव कक्षा २, इशाक लामा कक्षा ४, सुशिला कार्की कक्षा ६ लाई छात्रबृति वितरण गरिएको थियो ।
त्यस्तै शिक्षा क्षेत्रमा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि श्रीमती बिकुनदेवी सुकुपायोबाट स्थापना भएको स्व.शिवभक्त सुकुपायोको स्मृतिमा शिक्षा कोषबाट यसवर्ष गणेश माध्यमिक विद्यालयका आकाश वैद्य कक्षा ९, सृष्टिका प्रजापति कक्षा १, सरस्वती मा.वि सूर्यविनायक नगरपालिका ९ की सुजाता तामाङ कक्षा ९, आकांक्षा तामाङ कक्षा १, श्री पद्य मा.वि.का यसु सुवाल कक्षा ८, हिना राज कक्षा ७ लाई पनि छात्रबृति वितरण गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।