
भक्तपुर, २४ पुष । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सृजना सैंजूले कम्प्युटर तालिमले महिलालाई सबल बनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने बताएकी छिन् । यसले महिला नेतृत्वलाई सबल बनाउन भूमिका रहने उनी बताइन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका, वडा नं. ९ ताथली आयोजनामा निओ फ्युजन स्कुलअफ कम्प्युटरको प्राविधिक सहकार्यमा चार महिने आधारभूत तथा विशिष्ट कम्प्युटर तालिमको प्रमाण पत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम यस विषयलाई उनले औल्याएकी हुन् ।
साँसद सैँजुले तालिम तथा विविध गतिविधिले पूर्ण चाँगुनारायणलाई नमुना वडाको रुपमा रहेको छ । महिला नेतृत्वलाई सबल बनाउन यस किसिमका बहुउपस्थित तालिमले गर्दा भोलिका दिन वडाको विकासमा अग्रनी भुमिका रहने उहाँले बनाउनुभयो । तालिममा रहेको प्राविधिक केन्द्र भक्तपुरकै एक ख्याती संस्था रहेको छ ।
तालिमले महिला नेतृत्वको बाहुल्यता भएका कारण तालिम अझ सफल भएको उहाँले बताउनुभयो । नेमकिपा एक मात्र यस किसिमका महिला नेतृत्वको पार्टी रहेको र महिलाको उत्थानका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अग्रनी भुमिका निर्वाह गरेको छ । साथै सैँजुले पुरुष सरहको महिला नेतृत्वको विकासका लागि सदन देखि सडकसम्मको बहस चलाउने पार्टी नै नेमकिपा दाबी गरेकी छिन् ।
कार्यक्रमका अतिथि वडा सदस्य एवं तालिम संयोजक कमला भारती गिरीले निओ फ्युजन स्कुल अफ कम्प्युटरसंग सहकार्य गरी यो तेस्रो वर्ष रहेको र यो तालिम पाँचौं पटकको भएको बताए । तालिममा वडाका सम्पूर्ण वडावासीलाई आह्वान गरि सञ्चालन गरेको हो । गिरीले वडामा यस किसिमको विविध तालिम सञ्चालन गर्न आफूले सजिलो तरिकाले गर्न नपाएको बताइन् । अतिथि प्रशिक्षक प्रविना बनमालाले तालिमलाई व्यवस्थापन तथा गुणस्तरीय बनाउन हरदम प्रयास गरेको बताइन् ।
कार्यक्रमका सभापति चाँनपा वडा नं. ९ का वडाध्यक्षले तालिम लिँदा कुनैपनि वाहानामा अनुपस्थित हुने तथा तालिम छोड्न नहुने बताउनुभयो । ९ वडा नै पहिलो निःशुल्क होम नर्सिङ्ग सञ्चालन गरेको र वडाको सम्पूर्ण जानकारी दिने उद्देश्यले मासिक ताथली नामक पत्रिका प्रकाशन गरेको उनले बताए ।
कार्यक्रममा निओ फ्युजन स्कुलअफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले तीन वर्षसम्म निरन्तर रुपमा तालिम सञ्चालन गर्न दिएकोमा सविनय स्वरुप धन्यवाद पत्र तथा मायाको चिनो वडालाई प्रदान गर्नुभयो । तालिमलाई मर्माहित बनाउने उद्देश्यले आवश्यक परेको खण्डमा पुनतार्जगीतालिम सञ्चालन गर्ने उनले जनाए । तालिम मात्र होइन जीवन उपयोगी बनाउन प्रयास गर्नुपर्ने बताए ।
Related

अन्य समाचार
प्रेस स्वतन्त्रता दिवसमा महासङ्घद्वारा ऐक्यबद्धता पदयात्रा
काठमाडौंमा गैरीगाउँ सुकुम्बासी बस्ती हटाउन सुरु
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।






