भक्तपुर, २४ पुष । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सृजना सैंजूले कम्प्युटर तालिमले महिलालाई सबल बनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने बताएकी छिन् । यसले महिला नेतृत्वलाई सबल बनाउन भूमिका रहने उनी बताइन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका, वडा नं. ९ ताथली आयोजनामा निओ फ्युजन स्कुलअफ कम्प्युटरको प्राविधिक सहकार्यमा चार महिने आधारभूत तथा विशिष्ट कम्प्युटर तालिमको प्रमाण पत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम यस विषयलाई उनले औल्याएकी हुन् ।
साँसद सैँजुले तालिम तथा विविध गतिविधिले पूर्ण चाँगुनारायणलाई नमुना वडाको रुपमा रहेको छ । महिला नेतृत्वलाई सबल बनाउन यस किसिमका बहुउपस्थित तालिमले गर्दा भोलिका दिन वडाको विकासमा अग्रनी भुमिका रहने उहाँले बनाउनुभयो । तालिममा रहेको प्राविधिक केन्द्र भक्तपुरकै एक ख्याती संस्था रहेको छ ।
तालिमले महिला नेतृत्वको बाहुल्यता भएका कारण तालिम अझ सफल भएको उहाँले बताउनुभयो । नेमकिपा एक मात्र यस किसिमका महिला नेतृत्वको पार्टी रहेको र महिलाको उत्थानका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अग्रनी भुमिका निर्वाह गरेको छ । साथै सैँजुले पुरुष सरहको महिला नेतृत्वको विकासका लागि सदन देखि सडकसम्मको बहस चलाउने पार्टी नै नेमकिपा दाबी गरेकी छिन् ।
कार्यक्रमका अतिथि वडा सदस्य एवं तालिम संयोजक कमला भारती गिरीले निओ फ्युजन स्कुल अफ कम्प्युटरसंग सहकार्य गरी यो तेस्रो वर्ष रहेको र यो तालिम पाँचौं पटकको भएको बताए । तालिममा वडाका सम्पूर्ण वडावासीलाई आह्वान गरि सञ्चालन गरेको हो । गिरीले वडामा यस किसिमको विविध तालिम सञ्चालन गर्न आफूले सजिलो तरिकाले गर्न नपाएको बताइन् । अतिथि प्रशिक्षक प्रविना बनमालाले तालिमलाई व्यवस्थापन तथा गुणस्तरीय बनाउन हरदम प्रयास गरेको बताइन् ।
कार्यक्रमका सभापति चाँनपा वडा नं. ९ का वडाध्यक्षले तालिम लिँदा कुनैपनि वाहानामा अनुपस्थित हुने तथा तालिम छोड्न नहुने बताउनुभयो । ९ वडा नै पहिलो निःशुल्क होम नर्सिङ्ग सञ्चालन गरेको र वडाको सम्पूर्ण जानकारी दिने उद्देश्यले मासिक ताथली नामक पत्रिका प्रकाशन गरेको उनले बताए ।
कार्यक्रममा निओ फ्युजन स्कुलअफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले तीन वर्षसम्म निरन्तर रुपमा तालिम सञ्चालन गर्न दिएकोमा सविनय स्वरुप धन्यवाद पत्र तथा मायाको चिनो वडालाई प्रदान गर्नुभयो । तालिमलाई मर्माहित बनाउने उद्देश्यले आवश्यक परेको खण्डमा पुनतार्जगीतालिम सञ्चालन गर्ने उनले जनाए । तालिम मात्र होइन जीवन उपयोगी बनाउन प्रयास गर्नुपर्ने बताए ।