हामीसँग जोडिनुहोस

किशोरीहरुलाई दिइयो आत्मरक्षा तालिम  

2 मिनेट

भक्तपुर । भक्तपुरका ४४ जना किशोरीहरुलाई पाँंचदिने आत्मरक्षा तालिम दिइएको छ । तालिममा सहभागी किशोरीहरुलाई भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले आइतबार एक कार्यक्रमवीच प्रमाणपत्र वितरण गरे । जिल्लाको एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजना र नेपाल मार्शल सेल्फ डिफेन्स संघको आयोजनामा पुस २३ देखि २७ गतेसम्म भएको आत्मरक्षा तालिममा सहभागी छात्राहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

तालिममा सहभागी छात्राहरुलाई प्रमाणपत्र वितरण गर्नुहँंदै वडा अध्यक्ष बासुकलाले तालिममा विद्यार्थीका लागि धेरै उपयोगी भएको बताए । आजका विद्यार्थी नै भोलिको देशको कर्णधार भएकाले विद्यार्थीलाई हरेक हिसावले अगाडि लानुपर्ने आवश्यकता उनले औंल्याए । विद्यार्थी एक कदम पछाडि पर्नु भनेको देस १० कदम पछाडि पर्नुसरह रहेको उनको विचार थियो ।

आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले एसइईमा आफना छोराछोरीले जीपीए चार ल्यायो कि ल्याएन मात्रै हेर्नु सही मूल्यांकन नभएको बताए । शैक्षिकसँंगै विद्यार्थीको सर्वागिन विकास भयो कि भएन भने हेर्नु जरुरी रहेको उनंको भनाई थियो ।

कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विशेष गरी किशोरीहरुले आफूले आफैंलाई सुरक्षित राख्नका लागि तालिम दिइएको जानकारी दिए । आत्मरक्षा मानसिक र शाररिक दुवै रुपमा किशोरीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए । यो वर्ष दोश्रो पटक तालिम दिइएको र अवका वर्षहरुमा वर्षैपिच्छे कक्षा आठका सम्पूर्ण छात्राहरुलाई निरन्तर तालिम दिंदै जाने योजना उनले सुनाए ।

तालिममा स्कुलमा कक्षा ८ मा अध्ययनरत सवैजना छात्राहरुलाई सहभागी गराइएको जनाइएको छ । स्कुलका ४४ जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको जनाइयो ।

कार्यक्रम नेपाल मार्शल सेल्फ डिफेन्स संघको सहयोगमा भएको थियो । तालिममा पाँंचदिनसम्म ६ जना प्रशिक्षकहरुले तालिम दिएको एसोसिएसनका प्रमुख कोच नवड लामाले बताए । उनका अनुसार यस्ता तालिमहरु एसोसिएसनले हालसम्म देशभरका दुई दर्जन जिल्लाहरुमा १२ हजार भन्दा वढी किशोरीहरुलाई प्रदान गरिसकिएको छ ।

कार्यक्रममा छात्राहरुले आफूले सिकेको विषयमा डेमो पनि देखाएका थिए । साथै तालिममा सहभागीहरुमध्ये स्मारिका अर्यालले स्कुलमा लिएको यो तालिम जीवनभरिका लागि उपयोगी भएको बताइन् । कार्यक्रममा सहयोगी संघका उपाध्यक्ष विनिता गुरुङलगायतले किशोरीहरुमा आत्मरक्षा तालिमको महत्वबारे चर्चा गरे ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।