
भक्तपुर, १० माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आज भक्तपुर नगरपालिका–१० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरि आजबाट सेवा सञ्चालन सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा निःस्वार्थ रुपमा सेवामा स्वास्थ्यकर्मि लाग्नु पर्ने औल्याउदै उहाँले जनताको स्वास्थ्यमा सहज र सुलभ पहुँच पुर्याउन स्थानीय निकायहरु सक्रिय हुनु पर्ने बताउनुभयो ।
सांसद सुवालले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना छिटो सम्पन्न गर्ने गरि काम अगाडि बढाउन सरकार लाग्नु पर्ने बताउनुभयो । नेपालले उत्पादन गरेको बिजुली आफैले खपत गर्ने रणनीति बनाउनुपर्ने बताउँदै सांसद सुवालले सस्तोमा नेपालको बिजुली भारतलाई बेचेर महँगोमा भारतीय उत्पादन किन्ने नीतिले देशको भलो नहुने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले लामो समयदेखि प्रतिक्षारत ख्वप विश्वविद्यालय स्थापनाको लागि संसदबाट विधेयक पारित गराउन निरन्तर माग गर्दै आएको बताउदै भक्तपुर नगरपालिको हालसम्म ६ वटा वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले सरकारले सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेे बताउदै स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई रु. २५ करोड भन्दा बढी भुक्तानी गर्न बाँकी रहेकाले स्वास्थ्य बीमाको भुक्तानी नपाउँदा अस्पताल सञ्चालन र व्यवस्थापनमा समेत समस्या भएको बताउनुभयो ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






