हामीसँग जोडिनुहोस

नेपाल भाषाका साहित्यकार एवं भाषासेवी शाक्यको निधन, भोली शवयात्रा

1 मिनेट
भक्तपुर, १० माघ : नेपाल भाषाका साहित्यकार, नेपाल भाषासेवी युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका संस्थापक संयोजक एवं सल्लाहकार त्रिरत्न शाक्यको निधन भएको छ ।
नेपाली प्रगतिवादी साहित्य, नेपाल भाषा साहित्य, बौद्ध दर्शन, कम्युनिस्ट विचारधारा, प्रजातान्त्रिक आन्दोलनका योद्धा, शैक्षिक उन्नयन र समाजसेवाका क्षेत्रमा योगदान दिनु भएका शाक्यको राती  भक्तपुरस्थित उहाँकै निवासमा निधन भएको हो । आज दिनभर उहाँको शव निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका महासचिव नन्दु उप्रेतीले उहाँको निधनले भाषा, साहित्य एवं बौद्ध दर्शनको क्षेत्रले एउटा सशक्त अभियन्ता गुमाएको बताउनुभयो ।
साहित्यकार शाक्यको भोली शुक्रबार सवा १२ बजे शवयात्रा गरिने भएको छ । बिराट गुठीका अनुसार शाक्यको सूर्यविनायकस्थित निवासबाट सुरु हुने शवयात्रा राम मन्दिर, नासमना, बौद्ध समंकृत विहार मिनिबस पार्क, लायकू, भोलाछेँ, थालाछेँलगायत नगर परिक्रमा गरि दाहसंसकार गरिने जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।