हामीसँग जोडिनुहोस

शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूलाई शाखा सञ्चालन नगर्न शिक्षा मन्त्रालयको निर्देशन

1 मिनेट

२१ माघ, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूलाई शाखा सञ्चालन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन नगर्न निर्देशन दिएको हो।

शिक्षा मन्त्रालयका अनुसार शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ को दफा ५ (१) बमोजिम २०७५ साउन १४ गते अगावै स्वीकृति तथा दफा ५ (२) बमोजिम नवीकरण भएका संस्थाहरूको आव २०८१/८२ सम्मका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवीकरण गरिरहेको छ।

‘स्वदेश वा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि अनुकूलको शिक्षण संस्था छनोट तथा प्रवेशको लागि तयारी गर्ने प्रयोजनार्थ शिक्षा मन्त्रालयबाट सेवा सञ्चालन अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्नुपर्नेमा मन्त्रालयबाट सञ्चालन अनुमति दिएको स्थानभन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालनसमेत गरेको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ,’ सूचनामा भनिएको छ।

त्यसैले अनुमति पाए‌को विषय, क्षेत्र र स्थानबाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा खोली सेवा प्रदान नगर्न शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ को दफा १४ बमोजिम निर्देशित गरिएको मन्त्रालयले जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।